ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रणनीति साझेदारको नयाँ अध्याय थप्न भूमिका खेल्छुः नवनियुक्त चिनिया राजदूत छन् सोङ


ABC NEWS

 

काठमाडौँ २४ पुस । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले नेपालमा चीनको रणनीति साझेदारको नयाँ अध्याय थपिने दावी गरेका छन् । नेपालका लागि चीनको २२औं राजदूतको जिम्मेवारी सम्हाल्न आइतबार काठमाडौं आइपुगेका राजदूत छन्‌ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालसँग नजिक रहेका काम गर्ने बताए । लिखित मनतव्य पढेका राजदूत छन्लेभने ‘नेपालमा सबै पक्षसँग नजिकको सम्बन्ध बनाउँदै काम गर्न तत्पर छु । ज्ञान तथा शक्तिलाई साथमा लिएर दुवै देशका जनताको लाभका लागि काम गर्नेछु । विकास तथा समृद्धिका लागि चीरस्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय संयुक्त रुपमा लेख्नेछौं ।’

आफ्नो पहिलो सम्बोधनमा राजदूत छन्‌ले नेपालको मौलिक अपेक्षा, मित्रताको धरोहर, साझा विकासका खोज्ने संयुक्त कार्य र नयाँ युगको साझा भविष्यका लागि नेपाल(चीनबीच निकट सम्बन्ध विकासका लागि चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताए ।

चीन र नेपाल दुवैतर्फ महाधिवेशन र आमनिर्वाचनमार्फत नयाँ नेतृत्व आएको भन्दै राजदूत छन्‌ले यस्तो परिस्थितिमा दुवै देशका नेतृत्वले आपसमा मिलेर काम गर्नेमा जोड दिनुपर्ने उल्लेख गरे ।

गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी को २०औं राष्ट्रिय महाधिवेशनले महासचिव सी चिनफिङलाई केन्द्रमा राख्दै नयाँ केन्द्रीय कमिटीको नेतृत्व छनोट गरेको विषयलाई उल्लेख गर्दै चिनियाँ राजदूत छन्‌ले भने, ‘चीनले सम्पूर्ण रुपमा आधुनिक समाजवादी देश निर्माण गर्ने र आधुनिकीकरणको उन्नत पुनरोदयका लागि नयाँ मार्ग अपनाएको छ ।’

संसारमा अहिलेको जस्तो परिवर्तन इतिहासमा कुनै पनि समयमा नभएको भन्दै चिनियाँ राजदूत छन्‌ले यसले सिर्जना गरेको चुनौती र अवसरहरूमा चीनले राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय अखण्डताको सुरक्षा, राष्ट्रिय परिस्थितिलाई अनुकूल हुने विकासको मार्ग खोज्ने, स्वतन्त्र आन्तरिक तथा बाह्य नीति खोज्नेलगायत कार्यमा नेपाललाई दृढतापूर्वक सहयोग गर्ने बताएका छन् ।

छन् यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत थिए । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि फर्किएपछि राजदूतका रुपमा छन् आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com