ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टी–२० क्रिकेट लिग म्याचफिक्सिङको गम्भीर आरोपमा, दुई जना सीआईबीको नियन्त्रणमा (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २० पुस । नेपाल टी–२० क्रिकेट लिग म्याचफिक्सिङको गम्भीर आरोपमा घेरिएको छ । लिग प्रारम्भदेखि नै विवादमा आइरहेको थियो । विवादकैविच पेलेर क्रिकेट एसोसिएसन अफ नेपालले भारतीय कम्पनीसँगको साझेदारीमा भइरहेको नेपाल टी–२० क्रिकेट लिग म्याच फिक्सिङको गम्भीर आरोपमा घेरिएको छ ।

लिगको प्रसारण सम्बन्धी साझेदार नै अनलाइन जुवामा सक्रिय रहनु, खेलको नतिजाबारे सामाजिक सञ्जालमार्फत जुवा सञ्चालन हुनु अनि लिगसँग जोडिएका व्यक्तिले म्याच फिक्सिङको गम्भीर आरोप लगाउनुले लिग गम्भीर विवादमा तानिएको छ । टी२० लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको छ । यद्यपी, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै लिग आयोजना गरिरहेको छ । काठमाडौँमा जारी नेपाल टि–२० क्रिकेट प्रतियोगितामा मगंलबार बिहान विवादास्पद बन्यो । बिहान ८ः३० बजेदेखि सुरु हुने पहिलो खेल काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घण्टापछि सुरु भयो । पारिश्रमिक नपाएको भन्दै नेपाल टि–२० लिगका खेलाडीहरुले खेल खेल्न मानेका थिएनन् ।

बिहान ८ः३० बजे सुरु हुने खेलमा दुवै टोलीका कप्तानले टस गर्न नमानेपछि खेल विवादमा परेको हो । दुबै टोलीले प्लेइङ–११ मा नाम दर्तासमेत गराएका छैनन् । क्यानको आयोजनमा सञ्चालन भएको टि–२० लिगमा ६ टोली सहभागी छन् । फ्रेन्चाइज टोलीले आफूले पाउने रकम नपाएको भन्दै खेल नखेल्ने निर्णय गरेका थिए तर दुई घण्टा लामो विवादपछि फ्रेन्चाइज टोली र खेलाडीबीच रकमबारे सम्झौता भएपछि खेल पुनः सञ्चालनमा आएको हो । त्यस्तै टि–२० लिगको सुरुआतबाटै कमेन्ट्री गर्न सुरु गरिरहेका सचिन तिमल्सिनाले नेपाल टि–२० लिगमा म्याच फिक्सिङ भएको आरोप लगाए ।

सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए । नाम नचेलका र नसुनिएका व्यक्तिलाई ल्याएर कप्तान बनाइनु आफैँमा शंकास्पद भएको भन्दै उनले उत्कृत्ट ब्याटिङ र बलिङ गरिरहेका सिकन्दर राजा र सोमपाल कामीलाई हटाइनुले पनि थप पुष्टि गर्ने बताए । सञ्चालनमा आइरहेका सबै फ्रेन्चाईज लिगलाई बन्द गर्दै क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आयोजनाको जिम्मा दिएको लिगमा पारिश्रमिक विषयमा पनि खेलाडीहरुले मैदानबाटै माग राखेको छन् । मंगलवारको खेल सुचारु हुनपूर्व क्यान पदाधिकारीले खेलाडीलाई आश्वासन दिँदै मैदान प्रवेश गर्न आग्रह गरेका थिए ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिम व्यवस्थापन र आयोजकसमक्ष पारिश्रमिकको माग क्यानसँग राखेको र बुधवारसम्म पारिश्रमिक दिलाउने आश्वासनपछि सहमति भएको बताए । कप्तान मल्लले फिक्सरले आफ्नो टिमका एक खेलाडीलाई म्याच फिक्सिङका लागि प्रस्ताव गरेको दाबी गरे । उनले काठमाडौँ नाइट्सका एक खेलाडीलाई अप्रोच गरेको र यसबारे अनुशासन समितिलाई जानकारी दिइसकेको बताएका थिए ।

यता, विराटनगर तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले पनि आयोजक टिमसँग पारिश्रमिकको विषयमा कुराकानी हुन नसकेपछि क्यानसँग माग राखेको बताए । प्रतियोगिता बापतको परिश्रमिकको विषयमा खेलाडीले मैदानमा नै माग राख्नुले खेलाडीको क्रिकेट खेल्ने भावनामा ठेस लाग्ने गुनासो गरे ।

मंगलबारको घटनाले क्यानले आयोजना गरेको लिगको फितलोपन उजागर भएको छ । साथै आयोजकको जिम्मेवारी के कति हो भन्ने पनि प्रश्न उब्जिएको छ । आयोजनाको जिम्मा सेभेन थ्री स्पोट्र्सलाई दिने÷नदिने भन्ने विषयमा क्यान भित्रै खेमा बनिरहेको छ । विदेशी खेलाडी असन्तुष्ट हुँदै तालिका अगावै स्वदेश फर्किनु, परिश्रमिक सहमति अनुसार उपलब्ध नहुनले प्रतियोगिताबारे धेरै प्रश्न उठ्न थालेका हुन् ।

नेपाल टी२० लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको छ । मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो । सीआईबीले केही दिन अघिबाटै म्याच फिक्सिङको आशंकामा छानबिन थालेको थियो । सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा मंगलबार घटना सार्वजनिक भएको हो । लिगको प्रसारण सम्बन्धी साझेदार नै अनलाइन जुवामा सक्रिय रहनु, खेलको नतिजाबारे सामाजिक सञ्जालमार्फत जुवा सञ्चालन हुनु अनि लिगसँग जोडिएका २ व्यक्तिले म्याच फिक्सिङको गम्भीर आरोप लगाउनुले लिग गम्भीर विवादमा तानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com