ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमालेका दोस्रो तहका नेताहरू माधवकुमार नेपालसँग निरन्तर संवादमा (भिडियोसहित)


एबीसी न्यूज
पुस १८, २०७९ सोमबार  १ : ४७ बजे

काठमाडौं, १८ पुस ।  नेकपा एमालेमा नेकपा एकीकृत समाजवादी समाहित हुने सम्भावना देखिएको छ । पछिल्लो समय नेकपा एमालेका दोस्रो तहका नेताहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा एससँग निरन्तर संवादमा जुटेका छन् । माधव नेपाल नेकपा एमालेबाट अलग्गिएर आफ्नो नेतृत्वमा नेकपा एस गठन गरेका थिए । नेकपा एस गठन गरेपछि उनी वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक बनेका थिए । यसअघि माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता हुनसक्ने तर एमालेसँग नहुनेसमेत दावी गरेका थिए ।

अध्यक्ष नेपालसँग छलफल नै नगरी प्रचण्ड बालकोट छिरेपछि परिस्थिति फेरिएको छ । पछिल्लो समय माधव नेपाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् । आफूले प्रचण्डलाई हरेक समयमा साथ दिएको तर प्रचण्डले भने मनोमानी ढंगले बालकोट छिरेको भन्दै माधव नेपालले खुलेआम गुनासो गरेका छन् । प्रधानमन्त्री प्रचण्डसंगको भेटवार्तामा समेत नेपालले यहि गुनासो पोखेका छन् । यसको फाइदा भने नेकपा एमाले लिने दाउमा छ । नेकपा एसलाई आफ्नो पार्टीमा मिलाएर प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बन्ने एमालेको रणनीति हो । अहिले प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन् । नेकपा एसका १० सांसद थपिदा कांग्रेसको बराबर ८८ सांसद पुग्नेछन् । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले ८९ सीटबाट एक सीट घटेको हो ।

एमालेले जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका योगी मण्डल पार्टीमा फर्किन तयार छन् । यदि एमालेमा नेकपा एस समाहित भएमा योगीसहित ८९ सांसदसहित प्रतिनिधिसभामा एमाले सबै भन्दा ठुलो दल हुनेछ । त्यसकारण नेकपा एमालेका नेताहरू माधव नेपाललाई फकाउन लागि परेका छन् । यता नेकपा एसका केही नेताहरु पनि नेकपा एमालेमा फर्किने मनसायमा छन् । नेकपा एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु अध्यक्ष ओली र माधव नेपाललाई भेटवार्ता गराउन सक्रिय छन् । पछिल्लो समय अध्यक्ष ओली पनि माधव नेपालसँग नजिकिन थालेका छन् । ०५६ मा ६ प्रतिशत मत पाएर पनि एउटै सिट नजितेपछि मालेका अधिकांश नेता एमाले फर्किएका थिए भने अहिले गठबन्धनको बलमा १० सिट जितेर पनि राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीका अधिकांश नेता एमाले नेताहरूसँगै संवादमा जुटेका हुन । ०५६ को आमनिर्वाचनमा मालेले एउटै सिट जित्न नसकेपछि गौतमसहित धेरै नेता एमालेमा फर्किन व्यग्र थिए भने सीपी मैनालीसहित सानो समूह मालेलाई निरन्तरता दिने पक्षमा थियो ।

पार्टीको ठूलो समूह खासै सर्त नराखी एमालेमा फर्किएपछि ‘दह्रोसँग खुट्टा टेक्न नसकेको’ भन्दै गौतमको आलोचना भएको थियो । महाकाली सन्धिको विषयमा एमालेभित्र देखिएको विवाद चर्किंदै गएपछि गौतमको नेतृत्वमा सीपी मैनालीसहितका नेताले नेकपा (माले) गठन गरेका थिए । त्यस समयमा एमालेको महासचिव रहेका माधवकुमार नेपालले चार वर्षपछि गौतमलाई पार्टीमा भित्र्याएका थिए । त्यतिबेलाका गौतमको ठाउँमा अहिले नेपाल आइपुगेका छन् । ५ पुस ०७७ मा संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तर्विरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली–नेपालबीच ९ वैशाख ०७८ मा मेरियट होटेलमा अन्तिम औपचारिक भेटवार्ता भएको थियो । तर, भेटवार्ता विभाजन रोक्ने अचुक अस्त्र बनेन । सर्वोच्च अदालतको फैसलाबाट २९ असार ०७८ मा शेरबहादुर देउवाको प्रधानमन्त्री नियुक्ति, दल विभाजनसम्बन्धी अध्यादेशसँगै ९ भदौ ०७८ मा पुग्दा एमाले विभाजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com