ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय नेपाली टोपी दिवस किन मनाईन्छ (भिडियोसहित)


एबीसी न्यूज
पुस १८, २०७९ सोमबार  १ : १८ बजे

काठमाडौं, १८ पुस । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले १० वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको छ । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय टोपी दिवस मनाइएको छ । अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा ¥यालीसमेत गरिएको छ ।

ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ शब्दकोशले ‘शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चुलो र घेरा हाली सिइएको बस्त्र वा शिरपोस’ लाई टोपी भनी परिभाषित गरेको छ । नेपालमा प्रयोग हुने विभिन्न प्रकारका टोपी जस्तै भादगाउँले टोपी, नेपाली टोपी, आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी, मैथली आदिकवि विद्यापतिले लगाउने विद्यापति टोपीलगायत नेपालका विभिन्न जातजातिले प्रयोग गर्दै आएका टोपीहरू नेपाली टोपी नै हुन् । नेपालमा टोपी लगाउन कहिलेदेखि सुरु भयो वा यसको विकासक्रम के हो भन्ने जानकारी कहींकतै पनि पाइँदैन तर यो परापूर्वकालदेखि प्रयोगमा आएको बस्त्र हो । नेपालमा विविध भूगोल, क्षेत्र, जाति वा समुदाय अनुसार आ–आफ्ना प्रकारका टोपी रहिआएका छन् । नेपालमा धेरै प्रकारका टोपी हजारौं वर्षदेखि लगाउने गरिएको छ । राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताए । उनले विश्वामा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताए । उनले पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्ने बताए ।

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सार्वजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन् । उनीहरुकै घोषणा अनुसार सन् २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो । त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईंले नेपालको मौलिकतालाई बचाइराख्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा घोषणा गर्नुपर्ने बताउनु भयो ।

हरेक वर्ष अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस नेपालका मुख्य शहरका साथै अमेरिका, क्यानाडा, युरोपका विभिन्न देश, मध्यपूर्व, अफ्रिका, जापान, कोरिया, ताइवान, सिंगापुर, म्यानमार (बर्मा), थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, भारतलगायत नेपाली र गोर्खाली मूलका नागरिकको बसोबास भएका ८० वटा मुलुकमा आ–आफ्नो अनुकूलता अनुसार मनाइने गरेको छ । युवा पुस्तामा अहिले पनि नेपाली पोशाक लगाउँदा लजाउने गर्छन् तर यो दिवस मनाइरहँदा नेपाली पहिचान बढ्दै जान्छ । राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको छ त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस मनाउन महत्वपुर्ण छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com