ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. कृष्णहरी बरालद्वारा सुरेन्द्र महर्जन अमरको एकतिसौं कृति सार्वजनिक


एबीसी न्यूज
पुस १७, २०७९ आईतबार  १२ : ४४ बजे

काठमाडौं, १७ पुस ।  वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक गर्नुभयो । एल्बम सार्वजनिक गर्दै विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताउनु हुँदै उहाँको यस सपना नामक गीति एल्बमले सफलता पाउने आशा व्यक्त गर्दै साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ एकदम राम्रो स्रष्टा हुनुहुन्छ । गीत लेखन क्षेत्रमा उहाँको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने आशा व्यक्त गर्नुभयो ।   सार्वजनिक सपना एल्बममा ”आकाश छुने सपना” बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत/एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ । दोस्रोमा ”मायाले हँसाउँछ” बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ । संगीत/एजेन्जर राम कार्कीको रहेको छ । तेस्रोमा ”गल्ती के भयो म बाट” बोलको गीतमा स्वर/संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ ।

एल्बमको चौथो गीत ”सोचें बाँच्ने आधार” मा सरिता प्रजापतिको स्वरमा संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ । सपना गीति एल्बमको पाँचौ एवं अन्तिम गीत ”तिम्रै साथ हिँडेको देख्छु”  बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने उक्त गीतको संगीत सुर्य कमल राईको र एरेन्जर संजय हमालको रहेको छ । ओएसनेपालको प्रस्तुतिमा सार्वजनिक सपना एल्बम बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com