काठमाडौं, १५ पुस । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाललाई राष्ट्रपतिसहित नेकपा एससँग पार्टी एकताको चर्चालाई मिथ्या भएको बताउनुभएको छ । अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तारमा मात्र सीमित भएको उहाँले दावी गर्नुभएको छ ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता ज्ञवालीले संकटका बेला पार्टीलाई साथ दिएका नेता–कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नगर्ने भन्दै आश्वस्त पार्नुभएको हो । ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन’, उहाँले लेख्नुभएको छ । इतिहासका केही घटना बिर्सन नसकिने र बिर्सन नहुने खालको हुने ज्ञवालीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्