काठमाडौं, १५ पुस । काठमाडौंमा गुडिरहेको ट्याम्पोमा एक्कासी आगो लागेको छ।आगलागीबाट ट्याम्पोमा क्षति पुगेको हो ।पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने ट्याम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो।ट्याम्पोका चालक मुलपानी घर भएका ६२ वर्षीय राजेन्द्र बस्नेतले ट्याम्पोमा एक्कासी आगो लागेको बताउनुभयो ।
‘यात्रुलाई चोकमा ओरालेपछि ट्याम्पु लिएर म एक्लै अघि बढिरहेको थिएँ। एक्कासी झ्वाट्ट गर्यो। धुवाँ आउन थाल्यो,’ उहाँले भन्नुभयो, ‘ट्याम्पु रोकेर हेरेँ, आगो लागिरहेको देखेँ। पसलबाट जारको पानी ल्याएर निभाउन खोजेँ सकिनँ।’मैतीदेवीमा ट्याम्पोमा आगो लागेपछि मानिसहरू पनि भेला भएका थिए। केहीबेरमा प्रहरीहरू पनि पुगे। ‘म, स्थानीय मानिसहरू र प्रहरी भएर जारको पानी खन्यायौं तर आगो निभेन,’ उहाँले भन्नुभयो, ‘दमकम आएर आगो निभाएको हो।’ ट्याम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।








प्रतिक्रिया दिनुहोस्