ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्ष ९ दिन पछि शीर्ष नेताहरु एकै ठाउँमा, पुनः कम्युनिष्ट एकता विषय सकारात्मक बन्दै (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई सरकारमा ल्याउने पहल थालेपछि पूनः कम्युनिष्ट एकता विषय सकारात्मक रूपमा अघि बढेको छ । प्रतिनिधिसभा विघटनपछि फुटेको कम्युनिष्ट नयाँ सरकारगठनपछि फेरि जुट्ने संकेत देखिएको हो । २०७७ पुस ४ पछि पहिलो पटक दुई वर्ष ९ दिन पछि शीर्ष नेताहरु एकै ठाउँमा आउन लागेका छन् । ओलीले संसद विघटन गरेपछि वाम सरकारसँगै नेकपा पनि विघटन भएको थियो । यसरी २ वर्षभन्दा धेरै समयपछि फेरि सरकारमा नेपालका कम्युनिष्टहरु एकै ठाउँमा आउन लागेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिरिएर प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपाका शीर्ष नेताहरुबीच भेटघाट बाक्लिएको छ । यसले प्रतिनिधिसभा विघटनपछि फुटेको कम्युनिष्ट एकता फेरि जुट्ने संकेत बढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न उनको निजी निवास ललितपुरको खुमलटार पुगे । एमाले अध्यक्ष ओली करिब २ वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ५ पुस २०७७ मा संसद् विघटन गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री ओली तत्कालीन नेकपाका अध्यक्ष रहेका प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । संसद् विघटनपछि दुई नेताको सम्बन्ध व्यक्तिगत रुपमै तिक्ततापूर्ण रह्यो । यद्यपि अहिले राजनीतिक परिस्थितिसँगै समीकरण पनि फेरियो । ४ मंसिरमा सम्पन्न प्रतिनिधि निर्वाचनपछि दोस्रो ठूलो दल बनेको एमालेकै समर्थनमा संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । ७ दल सम्मेलित सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको विषयमा छलफल जारी रहेका बेला ओली प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेका हुन् । ओलीलाई भेट्नु अगाडि बुधबार बिहान प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । यसअघि ओली निवास बालकोटको बार्दलीमा दुवै नेताले हात हल्लाएका थिए । गत आइतबार प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा अन्तिम सहमति भएको थियो । त्यसपछि ओली र प्रचण्डले बालकोटको बार्दलीबाट हात हल्लाएका थिए ।

बालकोटको बार्दली भने २०७८ असार २८ देखि चर्चामा आएको हो । प्रधानमन्त्रीबाट बाहिरिएपछि त्यसदिन बालुवाटारबाट बालकोट पुगेका ओलीले आफ्नै निवासको बार्दलीमा उभिएर कडा अभिव्यक्ति दिएका थिए । उनले माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताएका थिए । तत्कालीन नेकपाको बेला निकै बाक्लिएको यो जोडिको भेटघाट नेकपा विघटनपछि बोलचाल नै बन्दहुने गरी हराएको थियो । प्रधानमन्त्रीका लागि कांग्रेसबाट साथ नपाएका प्रचण्डलाई ओलीले साथ दिएपछि यो जोडीको पुनर्मिलन भएको हो । कांग्रेससँगको गठबन्धन टुटाएर ओली र प्रचण्ड एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा समेत चलिरहेको छ । सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताएका छन् । नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अव एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए ।

त्यस्तै अर्का सत्तारुढ नेकपा (एमाले)का नेता प्रम बहादुर सिंले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले बामहरु एक ठाउमा आएर सरकार बन्ने बताएका छन् । मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र अध्यक्ष माधव नेपालको भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । यसैबीच, सोमबार दिउँसो वामदेव गौतमले अध्यक्ष नेपालसहितका नेतासँगको भेटमो नेपाललाई गठबन्धनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए । आइतबार शीतलनिवासमा भएको शपथग्रहण समारोहमा ओली र नेपाल सँगै बसेका थिए । त्यसक्रममा ओलीले नेपालको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । निमोनियाका कारण केही दिनअघि अस्पताल भर्ना भएका नेपाललाई स्वास्थ्यमा ख्याल गर्न ओलीले सुझाव दिएका थिए । एमाले विभाजनपछि दुवै नेताबीच पहिलो पटक संवाद भएको थियो ।

दुवैबीच आरोप–प्रत्यारोपको लामो शृंखला चलेको थियो । नवौं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गरेका ओली र नेपालबीच एमाले हुँदै नेकपासम्म चर्को अन्तरद्वन्द्व थियो । ओलीले संसद् विघटन गर्दा दाहाल र नेपालले त्यसविरुद्ध कानुनी उपचार खोज्नेदेखि सडक संघर्षसम्मका कार्यक्रम आयोजना गरेका थिए । २०७७ भदौ २ मा नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएसँगै ओली र नेपालबीचको साढे ४ दशक लामो राजनीतिक सहकार्य टुटेको थियो । २०७७ पुस ४ गते सांझ तत्कालीन प्रधानमन्त्री ओलीले आफुमाथि लगाएको १९बुँदे फिराद पत्र फिर्ता लिन प्रचण्डलाई आग्रह गर्न गएका थिए । प्रचण्डले त्यो आरोप पत्र फिर्ता नलिएपछि भोलिपल्ट पुस ५ गते ओलीले संसद विघटन गरेपछि वाम सरकारसँगै नेकपा पनि विघटन भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकारमा एकीकृत समाजवादी समेत सहभागी हुने भएपछि पुनः नपालका सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा हुन सक्ने सम्भावन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com