रौतहट, १२ पुस । रौतहटमा सञ्चालनमा रहेको एक मात्र चिनिमिल श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टर्वाईन बलास्ट हुँदा करोडौंको क्षति भएको छ । कटहरिया नगरपालिका ९ डुमरिया स्थित केहिदिन अघिमात्र सञ्चालनमा आएका चिनिमिलमा आज अचानक टर्वाईन पडकिदा मिल बन्द भएको हो ।
मिल सञ्चालक बैजुनाथ साहका अनुसार उँखु क्रसिङ गरिरहेकै अवस्थामा अचानक टर्वाईन बलास्ट भएको थियो । चिनि मिलको मुटु जस्तै हुने टर्वाईन पडकिदा झन्डै ५ करोडको क्षति भएको उहाँले बताउनुभयो । के कारणले टर्वाईन बलास्ट भयो, प्राविधिकले बताएपछि मात्र खुल्ने सञ्चालक बैजु साहले जानकारी दिनुभयो ।
प्राबिधिक टोलि भारत बाट आउँदैछ,केही दिनमा चिनिमिल पुनः सञ्चालनमा आउने साहले बताउनुभयो । चिनिमिल अचानक बन्द हुँदा दर्जनौं किसानले बिक्रीको लागि ल्याएको उँखु सुख्ने अवस्था रहेको छ ।








प्रतिक्रिया दिनुहोस्