ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरोपित डिएसपी ठगलाई हिरासतमा नराखी एसपीको निवासमा ‘सत्कार’


एबीसी / संवाददाता
पुस १२, २०७९ मंगलबार  १० : १३ बजे

रुपन्देही, १२ पुस । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेकाे छ ।

डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि सिआईबीको टोली खटिएको थियो । बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेर पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मीले पाहुना कक्षमा सुत्ने र खाने व्यवस्था मिलाएका छन् ।

डिएसपी केसी मुद्दाका अभियुक्त हुन् । उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने हो । तर, रेग्मीले आफ्नै निवासमा पाहुनालाई सत्कार गरेर राखेको प्रति जिल्ला प्रहरी कार्यालयका प्रहरी आश्चर्यमा छन् ।

‘यस्तै खालको मुद्दामा तल्लो तहका प्रहरी परेको भए अरु अभियुक्तसगैं साँघुरो र चिसो हिरासत कक्षमा राखिन्थ्यो तर डिएसपीलाई निवासमा राखेर सत्कार गरिएको छ,’ जिल्ला प्रहरी कार्यालयमा रहेका एक प्रहरीले भने ।

केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आइतबार साँझ बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी कमल थापाले सिआइवीको टोलीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको बताए । अब उनी जिल्ला प्रहरीको हिरासतमा रहने र थप अनुसन्धानको काम जिल्ला प्रहरी कार्यालयले अघि बढाउने थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रेग्मीले डिएसपी केसी हिरासतमा नभई नियन्त्रण र निगरानीमा रहेको जिकिर गरे । डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सिआईबीको टोलीले खटिएको थियो । उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको छ । ‘नगद पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उनले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा परे,–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

उनी केही दिन अघि यहाँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए । उनी सोमबार रमाना लिएर जादै थिए । रमाना लिनु अघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com