ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना विस्फोटक रुपमा फैलने सन्त्रास, नेपालको तयारी के ?


एबीसी / संवाददाता

काठमाडौं ८ पुस । शून्य कोभिड नीति लिएको छिमेकी मुलुक चीनमा पछिल्लो समय फेरि कोभिड १९ को संक्रमण बढिरहेको छ । ओमिक्रोनपछिका यसका भेरियन्टहरुले अहिले जापान, अमेरिका, ब्राजिललगायतका मुलुकहरुमा संक्रमण बढाउँदै लगेको छ ।

चीनमा डिसेम्बरयताको संक्रमणको अवस्थालाई हेर्दा आगामी सातासम्म २५ मिलियन अर्थात दुई करोड ५० लाख नागरिक संक्रमित हुने देखिएको रोयटर्सले जनाएको छ । चीन र भारतमा कोभिड १९ को ओमिक्रोनको नयाँ भेरियन्ट बीएफ ७ ले संक्रमण बढाइरहेको पुष्टि भएको छ ।

भारतमा बुधबार मात्रै बीएफ ७ का १२९ वटा नयाँ केस भेटिएका थिए । भारतका गुजरात र ओडिसामा सो भेरियन्ट फैलिँदै गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ओमिक्रोनको सबभेरियन्ट बीएफ ७ को नेपालमा समेत जोखिम रहेको अवस्थामा नेपालमा भित्रिन नदिनका लागि के गरिरहेको छ त सरकारले ?

नाकामा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुकहरुमा कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएको भन्दै प्रवेश नाकाहरुमा सतर्कता अपनाउन निर्देशन दिएको छ । सबै प्रवेश बिन्दुहरुमा हेल्थ डेस्कहरुले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन पनि मन्त्रालयले सूचित गरेको छ ।

“कोभिड १९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिइरहेको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिन्छ,” मन्त्रालयले विज्ञप्तिमार्फत छ । तर, नेपालमा भने हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ पुष्टि नभएको जनाएको छ । मन्त्रालयले पछिल्लो समय छिमेकी देशहरुमा भेटिएको सो भेरियन्ट हालसम्म नदेखिएको जनाएको हो ।

मन्त्रालयले पछिल्लो समय जिन सिक्वेन्सिङ गरिएका ४८ वटा नमूनामध्ये सबैमा ओमिक्रोनका एबी.२, बीए.२.७५, बीए.२.७५.१, बीए.२.७५.२, बीए.२.७५.३, बीए.२.७५.५, बीए.२.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१, बीएम.१, बीएम.१.१.३, बीएन.१.३, बीक्यू.१.२, बीवाई.१ र एक्सबीबी पुष्टि भएको जनाएको छ ।

नाकाहरुमा के छ हेल्थ डेस्कको अवस्था ? 

कोभिड १९ को तेस्रो लहर मत्थर भएसँगै कम सक्रिय भएका हेल्थ डेस्कहरुमा पछिल्लो समय कोभिड १९ परीक्षणका लागि भनेर कडाइ गरेको देखिँदैन । अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हेल्थ डेस्कमार्फत स्क्रिनिङ र शंकास्पद संक्रमितलाई परीक्षण गर्ने व्यवस्था भए पनि संक्रमणका अघिल्ला लहरहरुमाझैँ अनिवार्य आइसोलेसनको व्यवस्था भने नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् ।

“एयरपोर्ट र भारतसँगका सीमानाकाहरुमा हाम्रो पुरानै हेल्थ डेस्क र स्वास्थ्यकर्मीको टोली परिचालन गरेका छौँ । भारतसँगका सीमानाकामा पनि कडाइ गर्न भनेका छौँ,” डा. दासले बाह्रखरीसँग भने ।

तर, दैनिक सैयौँ नागरिक नेपाल भारत आवतजावत गर्ने नाकाहरुमा कोभिड १९ को जोखिमलाई लिएर कुनै ठोस निर्देशन नआएको स्थानीय तहका अधिकारीहरु बताउँछन् । अहिले दैनिक ३०० देखि ५०० जनासम्म आवतजावत गर्ने कञ्चनपुरको गड्डाचौकी नाकामा कोभिड सतर्कताकै लागि भनेर कुनै थप सतर्कताका कार्यक्रम नगरिएको भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशी बताउँछन् ।

“अहिले हेल्थ डेस्क परिचालनको जिम्मा प्रदेश सरकारले लिएको छ । तर, कोभिड सतर्कताकै लागि भनेर त्यस्तो कुनै निर्देशन आएको छैन । पहिलेकै अवस्थामा चलिरहेको छ,” जोशीले भने । तर, संक्रमण बढेको अवस्थामा पनि ४० बेडको आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा भने रहेको उनले बताए ।

यता भारतसँगको प्रमुख नाका काँकडभिट्टामा पनि हेल्थ डेस्क कुन अवस्थामा छ भन्नेबारे आफूलाई जानकारी नभएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । कोभिड १० को संक्रमण नयाँ स्वरुपमा फैलिइरहेको अवस्थामा व्यक्तिगत सुरक्षा र जनस्वास्थ्यका मापदण्डमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com