ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस १६ गते पोखरामा हुने ह्युई ल्हो शुभकामना र्याली तथा कार्यक्रमका लागि ७० तमु समाजहरु जुटे


एबीसी / संवाददाता
पुस ७, २०७९ बिहीबार  ७ : ५० बजे

पोखरा, ७ पुस । ह्युई ल्हो (बिरालो वर्ग) आगमनमा पुस १६ गते पोखरामा तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय समितिले आयोजना गर्ने बृहत शुभकामना र्याली तथा कार्यक्रमका बारेमा विहिबार पोखरामा ७० भन्दा बढी तमु समाजहरुसँग तयारी छलफल, सुझाव संकलनका साथै प्रचार अभियान सम्पन्न गरेको छ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी गुरुङको विशेष उपस्थितिमा पोखरा महानगरपालिका वडा नं। १, २, ३, १६ र १९ का समाजहरुको भिमकाली पाटन तमु समाजमा, पोखरा महानगरपालिका वडा नं।११, १२ र १३ मा रहेका तमु समाजहरुसँग ताङतिङ दुधपोखरी तमु समाजमा, पोखरा महानगरपालिका वडा नं।१०, १४ र १५ अवस्थित तमु समाजहरुसँग कोल्माबहाकोट तमु समाजमा र पोखरा महानगरपालिका वडा नं। ५, ६, ७, ८, ९ र १७ मा रहेका समाजहरुको रत्नचोक तमु समाजमा गरी चारवटा भेला सम्पन्न गरेको हो।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी गुरुङले पुस १६ गते शुभकामना र्याली तथा कार्यक्रमको उद्धेश्य, आवाश्यकता, महत्वको बारेमा प्रष्ट पार्नुभएको थियो। कार्यक्रमहरुको संचालन तमु प्ये ल्हु संघका महासचिव हर्क गुरुङले गर्नुभएको थियो भने आयोजको तर्फबा तमु धिं र तमु प्ये ल्हु संघको अगुवाहरु, कार्यक्रमका लागि गठित उपसमितिका संयोजक, सहसंयोजकहरुको सहभागिता रहेको थियो।

पुस १६ गते पोखरा सभागृहबाट शुरु हुने ह्युई ल्हो९बिरालो वर्ग० बृहत शुभकामना र्यालीसहित अमरसिंहचौरमा आयोजित कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन तमुहरु संस्थागत रुपमा मौलिक भेषभुषा, साँस्कृतिक बाजागाजा, झाँकी, सँस्कृतिसहित जुट्ने प्रतिवद्धता जनाउदै समाजका तर्फ र व्यक्तिगत रुपमा आर्थिक सहयोग पनि गरे। कार्यक्रमहरुमा समाजका अध्यक्षहरुको भनाई थियो, यो कार्यक्रम हाम्रो एकता, गौरब एवम ऐतिहासिक बनाउनेछौं। आगामी दिनमा पुस १४,१५ र १६ गते भव्य कार्यक्रमसहित तमु मेला र अन्र्तराष्ट्रियस्तरको पोखरामा गर्नुपर्ने, तिनै दिन घरघरमा दिपावली गर्नुपर्ने समेत सुझाएका थिए।

प्रचारात्मक भेला तथा छलफल कार्यक्रममै पुस १६ गते अमरसिंह चौरमा आयोजना गरिने तमु जातिको परम्परागत छेलो प्रतियोगिताका प्रथमका लागि माननीय बेदबहादुर श्याम गुरुङले प्रथम पुरस्कार २५ हजार रुपैया विगतदेखि प्रायोजन गर्दै आउनुभएको जानकारी गराइएको थियो भने दोस्रो पुरस्कार १५ हजार रुपैया सिमपानी तमु समाजले प्रायोजन र तेस्रो पुरस्कार बगर तमु समाजका अध्यक्ष पदमबहादुर गुरुङले प्रायोजन गर्ने घोषणा गर्नुभएको थियो। यसरी नै उक्त दिनको खानेपानीको प्रायोजन शान्ता तमु समाजले गर्ने भएको छ भने अन्य समाज एवम व्यक्तिगत रुपमा सहयोग गरेका थिए।

पोखरा सभागृहबाट शुभकामना र्याली शुरु भई लखनचोक, बुद्धचोक हुदै अमरसिंहचौरमा आयोजना गरिने कार्यक्रममा महान चाड, नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान, नवनिर्वाचित प्रतिनिधी सभा तथा प्रदेश सभाका सदस्यहरुलाई बधाई सम्मान, विविध साँस्कृतिका कार्यक्रम र छेलो प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com