ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै


एबीसी / संवाददाता

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका २६ सांसदले विभिन्न १४ मातृ भाषामा शपथ लिने भएका छन् । उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए ।

उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाललगायत विभिन्न १४ मातृभाषामा शपथको लागि निवेदन दिएका हुन् । मातृभाषामा शपथको लागि निवेदन दिनेहरूमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मधेशी भाषामा शपथका लागि निवेदन दिएका छन् भने जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्याली भाषामा शपथको लागि निवेदन दिएकी छन् । माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले मात्र हिन्दी भाषामा शपथ लिने भएका छन् ।

यता, नागरिक उन्मुक्तिका रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम डगौराले थारु भाषामा शपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी, माओवादी केन्द्रकी रुपा सो. सि. चौधरी र स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामै शपथ लिनेछन् । जनता समाजवादी पार्टीकी सांसद रन्जुकुमारी झा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले मैथिली भाषामा सांसदको शपथ लिनेछन् ।

जसपाकै प्रदीप यादव र रामसहायप्रसाद यादव र माओवादी केन्द्रकी उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् । तामाङ भाषामा शपथको लागि निवेदन दिनेहरूमा माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ दोङ रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले नेपाल भाषा, असिम साहले मुस्लिम/नेपाली भाषामा  शपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकै लक्ष्मी तिवारीले अवधि भाषामा शपथका लागि निवेदन दिएकी छन् ।

कांग्रेसकी कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिने भएकी छन् । एमालेका सराज अहमद फारुकीले उर्दू भाषामा शपथ लिने भएका छन् । सांसद दुर्गा राईले कोई/कोयू भाषामा शपथ लिँदैछन् । स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिँदैछन् ।

४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनबाट विजयी भएका सांसदहरूलाई आज १ बजे बानेश्वरस्थित संसद भवनमा सपथ गराइदै छ । संसदमा रहका सबैभन्दा जेष्ठ सांसद पशुपति शमशेर जबराले सपथ गराउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com