ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलोपालो प्रधानमन्त्रीको समझदारी भएको प्रचण्डको दावी


एबीसी / संवाददाता
पुस ४, २०७९ सोमबार  ८ : ३६ बजे

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पत्रकारहरुले सोधे, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा केही सहमति भएको थियो जनादेश आइसकेपछि म प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर ?’

प्रचण्डले जवाफ दिए, ‘त्यो पनि लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

पत्रकारहरुले फेरि सोधे, ‘त्यो सहमति भएको हो ?’

प्रचण्डले जवाफ फर्काए, ‘करिब करिब त्यो समझदारी अहिले पनि छ ।’

माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् । गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्री नै चाहिन्छ भन्ने बटमलाइन हो ?’ भन्ने प्रश्नमा प्रचण्डले जवाफ दिए, ‘बटमलाइन भन्ने केही कुरा छैन । समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरु नै भयो भने अरु नै हुन पनि सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com