ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वास्तवमै, उनीहरु रहरले सुकुम्बासी भएका हुन् ? (भिडियोसहित)


एबीसी / संवाददाता
पुस १, २०७९ शुक्रबार   १० : ४०   बजे

काठमाडौं, पुष १ गते ।

काठमाडौं महानगरपालिकाले व्यवस्थित शहर बनाउने भन्दै बागमती नदी किनारमा अवस्थित सुकुम्बासी बस्तीका टहरा हटायो । वैकल्पिक व्यवस्था बिना नै सुकुम्बासी बस्तीमा डोजर आतंक मच्चाइएको भन्दै सुकुम्बासी हकहित सम्बन्धित संगठनले यसको प्रतिकार ग¥यो । बागमती सभ्यता एकीकृत विकास समितिले पटक–पटक सुकुम्बासी बस्ती खाली गर्न सार्वजनिक सूचनामार्फत सूचित गरिएपनि सो बस्ती खाली नभएको बताउदै आएको थियो । अटेर गरेपछि महानगर सम्बद्ध सरोकारवाला संस्थाले डोजर चलाएको बताएपनि सुकुम्बासी समस्याको दीगो समाधानतर्फ सम्बन्धित क्षेत्र चिन्तित छैन ।

हामीले देखाइरहेका यी दृश्य काठमाडौं महानगरपालिका अन्तर्गत बागमती नदी किनारमा जीवन गुजार्दै आएका सुकुम्बासी बस्तीको हो । काठमाडौं जो, देशको केन्द्रीय राजधानी अनि ऐतिहासिक, सांस्कृतिक र सभ्यताको शहर । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनअघि अनुभवी र पाका राजनीतिकर्मी कसैले अनुमान गरेका थिएनन् कि, ¥याप गीत गाएर युवापुस्ताको मन जित्दै आएका बालेन्द्र शाह, भारी मतान्तरले चुनाव जित्नेछन्् । पुराना राजनीतिकर्मीमाथिको नैराश्यता र विकल्पको खोजीमा वेग्र रहेका काठमाडौंबासीको रोजाइमा परे बालेन्द्र । हामीले बिर्सेका छैनौं, विजयी जुलुसमा पनि उनले केही ¥यापको टुक्काबाट मतदातालाई धन्यवाद दिएका थिए ।

जो होचो, उसैलाई घोचो भनेझै, संस्कृतिको सभ्यता बचाउने सुरुवाती कदममा सडकका माग्नेहरुमाथि प्रहार भयो । बाटोमा मकै पोल्ने, ठेलागाढामा तरकारी बेच्ने, नाङ्लो पसले, थाप्लो सुनिनेगरी श्रम गर्नेहरुप्रति निमर्मतापूर्वक प्रस्तुत भएको दृश्यले महानगरको सांस्कृतिक सभ्यताको झल्को पक्कै दिदैन । यसले प्रष्ट देखाउछ कि, शासकहरु गरिबीविरुद्ध होइन गरिबविरुद्ध लडाइ लडिरहेका छन् । भर्खरै, मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मत लिएर विजेता बनेकाहरु मुकदर्शक बने । तिनै सुकुम्बासीको छाना, खाना र नाना उजाडिदा यी नक्कली सुकुम्बासीलाई ठीकै प¥यो भनेर मानवीय संवेदनाहिन वक्तव्यबाजी दिन बरु, मान्छेहरु पछि परेनन् । तर वास्तवमै, उनीहरु रहरले सुकुम्बासी भएका हुन् वा कुन कहरले राजधानी छिरेका हुन् ? त्यहाँ बस्तीसँगै उजाडिएको छ कतिको जीवन ? बढ्दो जाडोयामको समयमा त्यसपछिका रात उनीहरु कसरी काटिरहेका छन् ? यो कसैको चासोको विषय समेत बनेन । यसलाई दलहरुले राजनीतिकरण गर्ने विषय एकातिर छ । यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै आपत्ति जनाएका थिए ।

सुकुम्बासी बस्तीमा एकाध हुकुमबासी हुदैमा त्यहाँका सबै नकल्ली सुकुम्बासी हुन्छन् या ती सबै भूमि अतिक्रमणकारी हुन् ? नियतवश जग्गा अतिक्रमण गरेको भए यसको सही उपचार केबल डोजर मात्रै हो ? जर्बजस्ती छाप्राहरु भत्काइएपछि हिंसात्मक संघर्षमा उत्रिए केही थान युवा । कसका हातमा जग्गा पुगे र कस्ता–कस्ता सीमान्त, अछुत र सुकुम्बासी हुदै गए भन्ने कुरा बुझ्न एकाध ऐतिहासिक दस्तावेज पढे पनि हुने हो । राष्ट्रिय भूमि आयोगका प्रवक्ता नहेन्द्र खड्काले महानगरले जर्बजस्त सुकुम्बासी बस्तीमा प्रहार गर्नु संविधानप्रदत्त अधिकारको हनन भएको बताए । महानगरले आफ्नो कर्तव्य पुरा नगरेको उनको भनाइ छ ।

सुकुम्बासी बस्तीमा हतार–हतार झिकिएका ओढ्ने, ओछुयाउने, भाँडाकुँडा, अन्नपातको विरहलाग्दो दृश्यले जो कोहीलाई उदास र चिन्तित बनायो । डोकोमा सागसब्जी, ठेलामा सरसामाग्री बेच्दै हिडेका दिदीबहिनीलाई लछारपछार गर्दै घिसारेको गतिविधिले लोकतान्त्रिक प्रणालीको धज्जी उडाएको छ । क्यामरामा कैद भएका यस्ता दृश्य न हामीले देखेका छौं तर, देखेका छैनौं उनीहरुको आत्मकहानी । र खोजेको छैनैं ऊ कसरी सुकुम्बासी बन्यो भनेर । यद्दपि, यसको टालटुले नभइ दीगो व्यवस्थापन हुनुपर्नेमा सम्बन्धित पक्षले ध्यानाकर्षण गराउदै आएका छन् ।

भूमिहिन सुकुम्बासीको समस्या समाधानका लागि विभिन्न आयोग गठन भए तर यसको प्रभावकारीता शून्यजस्तै छ । जसकारण, सुकुम्बासी बस्तीको घाउ बेलाबखत सतहमा आउने गर्छ । सुकुम्बासी हक, अधिकारवादीले पनि यसलाई संरचनागत समस्याका रुपमा मात्रै लिदा यसको दीगो समाधान हुन सकेको छैन । अतः संविधानमा व्यवस्था भए बमोजिम देशभरका लाखौंको संख्यामा रहेका सुकुम्बासीको बसोबाससँगै रोजगारी, शिक्षा, स्वास्थ्यको सुनिश्चितता लागि पनि सम्बन्धित पक्षको आवाज बुलन्द हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group