ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वान एक्स बेटमार्फत सट्टेबाजी गराउने सुजन गौली पक्राउ


एबीसी / संवाददाता
मंसिर २९, २०७९ बिहीबार   ५ : १०   बजे

काठमाडौं, २९ मंसिर । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का युवक पक्राउ परेका छन् । फिफा विश्वकपलगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा बेटिङ एप्लिकेसनलगायतका एप्समार्फत सट्टेबाजी गराई रकम संकलन गराउने कार्य गरिरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार काठमाडौंको कमलपोखरीबाट लमजुङको सुन्दरबजार घर भएका सुजन गौलीलाई पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा गौलीले इसेवा, आईएई पे, खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत हालसम्म दुई करोड ३६ लाख ३३ हजार बराबरको कारोबार गरिएको देखिएको प्रहरीले जनाएको छ । यस्तै, अन्य २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत सात करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।

प्रहरीले उनको साथबाट आईफोन एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, एनटिसीको मोबाइल सिमकार्ड दुई थान, एनसेलको दुई थान, स्मार्टको सिमकार्ड एक थान, युएईको सिमकार्ड एक थान, नबिल बैंकको चेक र ग्लोबल आईएमई बैंकको भिसा कार्ड एक थानसमेत बरामद गरेको एसपी कोइरालाले भने । यसअघि प्रहरीले वानएक्ट बेटिङ गरेको आरोपमा आदर्श ठाकुरलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group