ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व कप फुटबलमा नकआउट चरणको समीकरण पूरा


एबीसी / संवाददाता
मंसिर १७, २०७९ शनिबार  ७ : २३ बजे

काठमाडौं, १७ मंसिर । फिफा विश्व कप अन्तर्गत गएराति भएको खेलमा समूह एच अन्तर्गत दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल र उरुग्वेले घानालाई २–० गोलले पराजित गरेका छन् । यस्तै बिहान भएको समूह जी अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० र स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएका छन् ।

योसँगै कतारमा चलिरहेको फिफा विश्व कप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । गएराति भएको समूह चरणका अन्तिम ४ खेलसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो । फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

समूह ए बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता, समूह बी बाट इङ्ग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह सी बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता तथा समूह डी बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

यस्तै समूह ई बाट जापान विजेता र स्पेन उपविजेता, समूह एफ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह जी बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह एच  बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब आजदेखि सुरु हुने नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अस्ट्रेलिया, फ्रान्स र पोल्यान्ड तथा इङ्ग्ल्यान्ड र सेनेगल खेल्नेछन् । यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

म्याड्रिड डिजाइन फेस्टिवल जारी

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com