ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं.७ मा मुख्यमन्त्री एमालेको कि माओवादीको ?


एबीसी न्यूज
माघ १०, २०७४ बुधबार  १ : २७ बजे

कैलाली,१० माघ । सात नम्बर प्रदेशमा कुनै दलले पनि प्रष्ट बहुमत नभएकोले सरकार गठनको लागि कम्तीमा पनि दुई दलीय गठबन्धनको आवश्यकता देखिएको छ ।
प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने २७ सांसद कुनै दलसँग छैनन् । २५ सिट पाएको एमाले २ सिटले बहुमतबाट बञ्चित भएको छ । कांग्रेसले १४, माओवादी केन्द्रले १२ र राष्ट्रिय जनता पार्टीले २ सिट जितेका छन् । वाम गठबन्धन कायम रहेमा उनीहरुकै प्रदेश सरकार बन्ने निश्चित छ ।
वाम गठवन्धनकै सरकार गठन भएमा प्रदेशको मुख्यमन्त्री एमाले वा माओवादी कसलाई दिने भन्ने टुंगोमा वाम गठवन्धन पुगेको छैनन् ।

यद्यपी प्रदेश नम्वर ७ मा नेकपा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने चर्चा छ । सबैभन्दा बढी सिट जितेको नेकपा एमालेले प्रदेश सरकार गठनका लागि छलफल सुरु गरेको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सम्भावना रहेकोले गठबन्धनकै निर्णयको आधारमा अघि वढ्ने माओवादी केन्द्रको तयारी छ । माओवादीले मुख्य मन्त्री पाए कैलालीका नेता वीरमान चौधरीको प्रवल सम्भावना देखिएको माओवादी श्रोतको दाबी छ । माओवादीकै नेता झपट बोहराको पनि सम्भावना टरेको छैन ।

एमालेले मुख्य मन्त्री पाए सबैभन्दा बढी चर्चामा आएका कर्ण थापाको सम्भावना सकिएको छ । सामानुपातिकतर्फबाट महिलाको सङख्या नपुगेपछि थापा प्रदेशसभा सांसद समेत हुनु पाउनुभएन ।

एमालेको तर्फबाट नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ लगायतको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com