ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीका नौ निर्वाचन क्षेत्रमा एमाले अगाडि, कसको अग्रता कहाँ ?


एबीसी / संवाददाता

बुटवल, ६ मंसिर । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रको मत परिणाम भइरहेको छ । गुल्मी २ मा रोकिएको एक केन्द्रमा आज मतदान भइरहेकाले मतगणना गर्न बाँकी छ । पछिल्लो अपडेटअनुसार नवलपरासीका दुई क्षेत्रमध्ये १ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका छन् ।

रुपन्देहीका ५ क्षेत्रमध्ये १ मा एमालेका छविलाल विक र ५ मा वासुदेव घिमिरे, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, ३ मा राप्रपाका दीपक बोहरा, ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् ।

पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदारले अग्रता लिएका छन् । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिएका हुन् । गुल्मी २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् भने १ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ ।

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिएका छन् भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाहले अग्रता लिएका छन् ।

दाङका ३ क्षेत्रमध्ये १ मा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका रेखा शर्मा, ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । बाँकेको १ मा एमालेका सूर्य ढकाल, २ मा राप्रपाका धवलशमशेर राणा र ३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता राखेका छन् । बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरीले अग्रता लिएका छन् ।

रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता लिएका छन् । मंगलबार मात्रै गणना सुरु भएको प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।

एमाले :
रुपन्देही–१ छविलाल विश्वकर्मा, ५ मा वासुदेव घिमिरे, पाल्पा–१ नारायण आचार्य, २ ठाकुर गैरे, गुल्मी– २ गोकर्ण विष्ट, अर्घाखाँची टोपबहादुर रायमाझी, प्यूठान सूर्य थापा, कपिलवस्तु– १ बलाराम अधिकारी, बाँके– १ सूर्य ढकाल

कांग्रेसः
पश्चिम–नवलपरासी–  १ विनोद चौधरी, कपिलवस्तु– २ सुरेन्द्र आचार्य र ३ मा अभिषेकप्रताप शाह, दाङ– ३ दिपक गिरी, बाँके– ३ किशोरसिंह राठौर

माओवादीः
रुकुम पूर्व पूर्णबहादुर घर्ती, रोल्पा वर्षमान पुन, दाङ– २ रेखा शर्मा

राप्रपाः
पश्चिमनवलपरासी– २ ध्रुवबहादुर प्रधान, रुपन्देही– ३ दीपक बोहरा, बाँके– २ धवलशमशेर राणा

स्वतन्त्र:
बर्दिया– २ लालबीर चौधरी

नागरिक उन्मुक्ति
बर्दिया– १ ठाकुरसिंह थारु

नेस्वपाः
रुपन्देही– २ गणेश पौडेल

लोसपाः
रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला

एकीकृत समाजवादी :
दाङ– १ मेटमणि चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com