रौतह, ४ मंसिर । रौतहटमा मतदानस्थलबाहिर हो-हल्ला गर्नेहरूलाई तितरबितर पार्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरूडा नगरपालिकाको प्रावि भवन अमरपट्टि एक राउन्ड हवाई फायर भएको जानकारी दिए।
मतदानस्थलबाहिर हो–हल्ला गर्नेहरूलाई तितरबितर पार्न हवाई फायर गरिएको हो। अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ शाहीले भने। विभिन्न दलका समर्थकले बाहिर हो–हल्ला गरेका थिए। प्रहरीले हवाई फायर गरेपछि उनीहरू त्यहाँबाट हटेका छन्।








प्रतिक्रिया दिनुहोस्