ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल विजयी


एबीसी / संवाददाता
मंसिर २, २०७९ शुक्रबार  ३ : ५९ बजे

काठमाडौं, २ मंसिर । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जित हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि मैदानमा गत सोमबार सम्पन्न शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले दिएको थियो । घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपल्ट हो । यसअघि गत वर्षको चैतमा पपुवा न्युगिनीविरुद्धको पहिलो घरेलु एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले गुमाएको थियो ।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा युएईले दिएको १७७ रनको लक्ष्य ४०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्ने क्रममा ओपनर आशिफ र तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले अर्धशतकीय योगदान गरे ।

अर्का ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले १० ओभरमा २४ रन बनाएको थियो । त्यसपछि आएका ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

दोस्रो विकेटमा नेपालका लागि यो कीर्तिमानी साझेदारी हो । यसअघि ओमानसँग यी दुईले नै ९२ रनको साझेदारी गरेका थिए । ३३.१ ओभरमा आयन खानको बलमा एलबीडब्यू आउट हुनुअघि ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पाँचौं अर्धशतक हो ।

१ अगष्ट २०१८ मा नेपालले खेलेको पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक बनाएका ज्ञानेन्द्रले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरमा २२ इनिङ्स खेलेर ५ अर्धशतकसहित ५७० रन बनाएका छन् ।

एकदिवशीय अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका आशिफ ८८ रनमा अविजित रहे । उनले ११९ बलमा १२ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । ७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीसँगको खेलमा एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गरेका आसिफले चार महिनाअघि आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्डविरुद्ध ७१ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले चार खेलपछि अर्धशतक बनाएका हुन् ।

युएईले आठ जना बलर प्रयोग गरेको थियो । आयान खान र हजरत विलालले १–१ विकेट लिए । यसअघि आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।

खराव सुरुवात गरेको युएईमाथि नेपालका बलरहरुले दवाव राखेका थिए । ३१।१ ओभरमा ९३ रनको स्कोरमा नवौं विकेट गुमाएको युएईलाई एक सय रनको योगफल बनाउन पनि कठिन हुन थालेको थियो ।

तर, आठौं नम्बरमा आएका आयन खान र एघारौं नम्बरमा आएका हजरतले पूरा ओभर खेलेर युएईलाई सम्मानित अवस्थामा पु¥र्याए ।आयनले ६३ बलमा खेलेर ७ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । हजरतले ५४ बलमा २० रन बनाए ।

अन्तिम विकेटका लागि यो साझेदारी इतिहासकै चौथो सर्वाधिक साझेदारी हो । सन् १९८४ मा भिभियन रिचर्ड र माइकलले वेष्ट इण्डिजका लागि इंग्ल्याण्डविरुद्ध अन्तिम विकेटमा १०६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

यसअघि सुरुवाती तीन विकेट सस्तैमा गुमाएको युएईका लागि रोहन मुस्तफाले २४ तथा अलिसन शराफुले ३३ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

म्याड्रिड डिजाइन फेस्टिवल जारी

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com