ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिरिजाप्रसाद शान्ति नायक, म गणतन्त्र र क्रान्ति नायक – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
कार्तिक २८, २०७९ सोमबार  २ : २७ बजे

कात्तिक २८ , काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर शान्ति सम्झौता नगरेको भए अझै धेरै मानिसको ज्यान जान सक्ने स्मरण गराएका छन्।

लमजुङमा सोमबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।  सत्ता गठबन्धनका कार्यकर्तालाई सम्बोधनका क्रममा उनले लगातार प्रतिगमनमा लैजाने एमालेको निर्णयलाई परास्त गर्न गठबन्धन बनेको दाबी गरे।

तत्काल त्यो प्रतिगामी प्रवृत्ति पराजित भएको छ। हामीले प्रतिवाद नगरेको भए देश अँध्यारो सुरुङतिर जाने थियोु, नले भने, नेपालको आधुनिक इतिहासमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता एक नयाँ अध्याय हो। हामीलाई भनिन्छ झण्डै १७ हजारको ज्यान गयो, ठूलो पीडा भयो। त्यो पीडाबाट निस्किन हामीले सम्झौता गरेका हौँ।

उनले त्यसबेला कांग्रेस र माओवादी आमनेसामने भएर युद्ध भएको बताउँदै भिडन्त गरेकै पक्षबीचमा शान्ति सम्झौता गरेको पनि उल्लेख गरे। ुयदि शान्ति सम्झौता नगरेको भए ५० हजार होइन लाख पनि मान्छे मर्थे, उनले भने, त्यसबेलै नेपाल असफल राष्ट्र हुन्थ्यो। नेपालमा विदेशी सेना आउन सक्थ्यो। गिरिजाप्रसाद र मैले हस्ताक्षर गरेपछि नेपाल असफल राष्ट्र हुनबाट जोगियो। नेपाल विदेशी सेना आएर अफगानिस्तान हुनबाट जोगियो।

उनले गिरिजाप्रसाद कोइराला परिवर्तन र गणतन्त्रका नायक भएको बताए। मलाई पनि अहिले पार्टीका साथीहरुले सर्वमान्य र नायकका रुपमा लिन्छन्, उनले भने, कांग्रेस र माओवादीका हजारौँ कार्यकर्ताको साहदत नभएको भए यो सम्झौता हुने थिएन।

उनले गिरिजाप्रसादलाई शान्ति नायकको उपमा दिइरहँदा आफूलाई क्रान्ति नायकका रुपमा प्रस्तुत गरेका छन्।ुशान्ति सम्झौता भएदेखि नै हामीले एकअर्काका चुनाव चिह्नमा भोट हालिसकेका थियौँ, उनले भने, परिवर्तन ल्याउँदा थुप्रै कांग्रेस कार्यकर्ता मरेका छन्, माओवादीका पनि मरेका छन्। क्रान्ति नायक र शान्ति नायक मिलेर यो सम्भव भएको हो। उनले अब पनि कांग्रेस कार्यकर्ताले माओवादीको चिह्नमा र माओवादीका कार्यकर्ताले कांग्रेसलाई भोट दिन अफ्ठेरो मान्न नहुने तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

सम्बन्धित

सांसदलाई ‘नयाँ राजा’ बनाउने कसरत: संविधान मिचेर फौजदारी अभियोगमा उन्मुक्ति दिने प्रस्ताव

धुलोजन्य वायु प्रदूषण उच्च

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com