ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा चार दिनभित्र चार सयभन्दा बढी परकम्प : भूकम्प र परकम्पको जोखिम कायमै


एबीसी / संवाददाता
कार्तिक २७, २०७९ आईतबार  ९ : ०९ बजे

काठमाडौं, २७ कात्तिक । गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प गइरहेको छ । मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो । राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चारसय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो।शनिवार हिजो बेलुकी मात्रै बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।भट्टराईका अनुसार नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्छ । त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले जोखिम धेरै छ । विक्रम सम्वत् १५०५ सालमा पश्चिमी क्षेत्रमा ठूलो भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन् । तर, त्यतिबेला मापन सुरु भइनसकेकाले कति रेक्टर स्केलको भूकम्प गएको थियो भन्ने यकिन भने छैन । त्यसपछि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि त्यहाँ भूकम्पीय जोखिम धेरै रहेको हुन सक्ने भूकम्पविद् भट्टराईले बताउनुभयो ।

विभिन्न अध्ययन अनुसन्धानले पनि पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको देखाएकाले सचेत हुनु पर्नेमा उहाँको जोड छ।‘भूकम्पको कुनै पूर्वानुमान हुँदैन । तर, पनि पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै छ’– उहाँले भन्नुभयो । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स– साना भूकम्प वा परकम्प पछि तितरबितर पनि हुनसक्छ र नहुन पनि सक्छ, दुवै सम्भावना छ । त्यसैले जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउनु आवश्यक छ । डोटीमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि सुदूरपश्चिमका कतिपय घर चर्किएका छन् ।स्थानीय बासिन्दाहरु अझै पनि चर्किएका घरमा नै बस्न बाध्य छन् । लगातारको परकम्पले कमजोर संरचनामा बनाइएका घरसहित भौतिक संरचना भत्किने जोखिम धेरै हुन्छ । यसले गर्दा सुरक्षित र सचेत रहन भूकम्पविद् भट्टराईको आग्रह छ ।

सुदूरपश्चिमका ग्रामीण क्षेत्रका धेरैजसो घर ढुङ्गा र माटोबाट बनेका छन् । भूकम्प जाँदा यस्ता घरहरु भत्किने सम्भावना धेरै रहन्छ । गएको मङ्गलवार गएको भूकम्पका कारण यस्तै कच्ची घरहरु भत्किएका थिए । भूकम्पमा परेर डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

सम्बन्धित

सांसदलाई ‘नयाँ राजा’ बनाउने कसरत: संविधान मिचेर फौजदारी अभियोगमा उन्मुक्ति दिने प्रस्ताव

धुलोजन्य वायु प्रदूषण उच्च

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com