ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीको चुनावी सुरक्षा रणनीति कस्तो ? ( भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २५, २०७९ शुक्रबार  १ : ०८ बजे

काठमाडौं, २५ कात्तिक । आगामी मंसिर ४ मा एकै चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिए सँगै निर्वाचन आयोग, गृह मन्त्रालय र चार वटै सुरक्षा निकायले आ–आफ्नोतर्फबाट सुरक्षा कार्ययोजना निर्माणको तयारी गरि रहेका छन  । मुलुक भर १ सय ६५ निर्वाचन क्षेत्र र त्यसको दोब्बर प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन गर्न र सुरक्षाको व्यवस्थापन गर्नका लागि सरकारलाइ चुनौतीपूर्ण छ ।

आगामी मंसिर ४ मा एकै चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै देश चुनावी माहोलले निकै तातेको छ । नेता तथा कार्यकर्ताहरू चुनावी प्रचारमा व्यस्त छन । नेताहरू अहिले चुनावी अभियान लिएर गाउँ–गाउँ पुगिसकेका छन् भने मतदातालाई आफू एजेण्डा तिर आर्कषित गर्न उम्मेदवारहरु जोडतोडका साथ लागिपरेका छन । निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि बढ्दै गएको छ । मुलुक भर १ सय ६५ निर्वाचन क्षेत्र र त्यसको दोब्बर प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने निर्णयले त्यसका लागि चाहिने साधन स्रोत र जनशक्तिको सहज व्यवस्थापन गर्नु सरकारका लागि चुनौतीपूर्ण छ । निर्वाचनसँग राजनीतिक, सामाजिक, आर्थिकलगायतका धेरै पक्ष जोडिएका हुन्छन । यससँगै निर्वाचनको समयमा हतियारधारी समूहको प्रभाव देखिने हुँदा सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

सुरक्षा निकायहरूले निर्वाचनलाई लक्षित गरी सुरक्षा योजना तयार गरिरहेका छन । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायले निर्वाचन लक्षित सुरक्षा योजना बनाएका छ । निर्वाचन सुरक्षाको प्रथम जिम्मेवारी नेपाल प्रहरीको हो । मतदानस्थलदेखि मतगणनास्थल सबैतिर अग्रपंक्तिमै प्रहरी तैनाथ रहन्छन । यतिबेला निर्वाचन पूर्वको सुरक्षा प्रबन्धको तयारी काम भइरहेको छ । जसमा मतदाता, मतदानस्थल, उम्मेदवारलगायतको सुरक्षा लक्षित सूचना संकलन, त्यसको विश्लेषण र सम्भावित सुरक्षा जोखिमलाई सम्बोधन गर्ने रणनीतिमा सुरक्षा निकाय जुटेका छन । मतदाता सुरक्षा, निर्वाचन संयन्त्र, जनशक्ति र सामग्रीको सुरक्षा, उम्मेदवार तथा तिनका कार्यक्रमको सुरक्षा, मतदानस्थलको सुरक्षा, मतपेटिका सुरक्षित ढुवानी तथा मतगणनास्थलको सुरक्षालगायतमा सुरक्षा निकायको प्रमुख चासो देखिन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले आगामी मंसिरमा हुने चुनावमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना तयार गरि रहेको बताउछन ।

विगतमा भएको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण, भयरहीत र निष्पक्ष तवरमा प्रहरीले सम्पन्न गराएको प्रवक्ता राई बताउछन । यसपटक पनि सुरक्षामा कुनै पनि त्रुटी नहुने दावी गर्छन । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्थापन गरेको उनको दावी वछ । सिमित स्रोतसाधन र जनशक्तिको बाबजुद पनि नेपाल प्रहरी भय रहित र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन गर्ने सक्षम रहेको प्रवत्ता राई बताउछन् । केन्द्रीय प्रहरी प्रवक्ता राईका अनुसार नेपाल प्रहरीले केन्द्रमा मात्र नभई जिल्लामा पनि निर्वाचन सेल गठन गरेको गर्ने बताउछन । ती निर्वाचन सेलहरूले आफ्नो जिल्ला तथा आफ्नो प्रदेशमा चाहिने जनशक्ति, त्यसलाई चाहिने साधन स्रोतको व्यवस्थापन गर्नुका साथै आवश्यक समन्वयको काम गर्ने समेत बताउछन । सुरक्षाको हिसाबले चुनौतीपूर्ण र संवेदनशिल मतदान केन्द्रहरुको वर्गिकरण गरिने र त्यस अनुसार सुरक्षाकर्मी परिचालन हुने प्रवक्ता राईको भनाइ छ ।

आगामी निर्वाचनमा म्यादी प्रहरीसहित तीन लाख बढी सुरक्षाकर्मी देशभर परिचालित हुँदै छन । निर्वाचनको समयमा मतदातालाई मतदान केन्द्रसम्म पुग्न नदिने, मतदान केन्द्र नै कब्जामा लिएर आफ्ना उम्मेदवारलाई जिताउने हर्कत गर्ने, आफूले हार्ने स्थिति देखेपछि विगतका निर्वाचनमा मतदान वा मतगणना बिथोल्ने, हिंसात्मक झडपहरु हुँदै आएका छन । जसकारण चार ओटै सुरक्षा निकायले चनाखो बन्दै चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा रुपमा सम्पन्न गर्ने सक्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com