ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनसँग मधेस केन्द्रीत दलहरु नजिकिए , कांग्रेस एक्लिने संकेत


एबीसी न्यूज
माघ ९, २०७४ मंगलबार   २ : ११   बजे

काठमाडौं, ९ माघ । वाम गठबन्धन र मधेश केन्द्रीत दल राष्ट्रियसभाको चुनाव, भावी सरकार गठन लगायत विषयमा सहकार्य गर्न सकारात्मक भए पछि कांग्रेस एक्लिने सम्भावन बढेर गएको छ ।
नेकपा एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेश बमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले जानकारी दिए । ठोस सहमति भएमा वाम गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको चुनावमा तालमेल हुने भएको छ ।

एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताबीचको छलफल देशको नेतृत्व एमालेले र २ नम्बर प्रदेशको नेतृत्व मधेसी दलले गर्नेमा एकमत देखिएको छ ।

वाम गठबन्धन र मधेसी दलबिचको यो छलफलले नेपाली कांग्रेस एक्लिने संकेत मिलेको छ । यसअघि राजपाले राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेससँग पनि छलफल गर्ने निर्णय गरेको थियो । तर आन्तरिक किचलोमा परेको कांग्रेससँग भन्दा वाम गठबन्धनसँगको सहकार्य फाइदाजनक हुने ठानेपछि राजपा गठबन्धनप्रति आकर्षित भएको हो ।

बिहानको छलफल सकरात्मक भएको र आ–आफ्नो दलमा थप छलफल गरेर अहिले ३ बजे बस्ने बस्ने सहमति भएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए ।

बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, माओवादी केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी रहेका थिए । ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group