ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्रको लर्को : १६५ सिटमा ८ सय ६४ जनाको उम्मेदवारी (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २२ कात्तिक । हाल नेपाली राजनीतिमा सबभन्दा चर्चित शब्द पनि हो स्वतन्त्र । नेपाली शब्दकोष अनुसार स्वतन्त्र शब्दको अर्थ अरू कसैको बन्धन, दबाब, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीन हो । पछिल्लो निर्वाचनमा काठमाडौं, धरान, धनगढी लगायत अन्य स्थानीय तहमा स्वतन्त्र उम्मेदवार भएका व्यक्तिहरु विजयी बनेपछि नेपाली राजनीतिमा स्वतन्त्र शब्दको चर्चा चुलीमा पु¥याएको छ ।

आगामी संघीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने व्यक्तिको संख्या पनि बढ्दो छ । प्रतिनिधि सभा सदस्यमा १६५ सिटमा प्रत्यक्ष तर्फ प्रतिस्प्रर्धाको लागि देशैभरबाट स्वतन्त्र उमेदवारी दिनेको संख्या ८ सय ६४ रहेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एकतिहाइभन्दा धेरै स्वतन्त्र उम्मेदवार छन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार चार सय १२ मध्ये आठ सय ६४ स्वतन्त्र उम्मेदवार छन, जुन कुल उम्मेदवारको ३५.९४ प्रतिशत हो । प्रतिनिधिसभामा ५७ दलले उम्मेदवारी दर्ता गरेका छन । देशैभबाट स्वतन्त्र उमेदवारी दिनेको संख्या ८ सय ६४ छन, जसमा २४ वर्ष युवादेखि ७५ वर्ष उमेर समूहका ब्यक्तिले समेत आफ्नो उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा पार्टीले टिकट नदिएका, बागी, विद्रोही, कुनै पनि दलमा आबद्ध नभएकादेखि दल त्याग गरेकासम्म छन । निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । टिकट नदिएपछि नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । एमालेकै निवर्तमान सांसद रामवीर मानन्धर, नेता प्रभु साह, नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन । यस्तै, नेपाली कांग्रेसका नेता दिनेश कोइराला, नेता गोविन्दराज जोशी, कांग्रेसका नेता अमरेशकुमार सिंहले पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । आज स्वतन्त्रहरूको माहोल जसरी बढेको देखिन्छ, त्यसको एउटै कारण, हाम्रो विकृत राजनीति । पटकपटक जनताबाट चुनिएर पनि जनतासँग नजोडिनु र पटकपटक सरकारमा जाँदा पनि जनताका पक्षमा काम नगर्ने कार्यशैलीको परिणाम हो, जनतामा दल र नेताहरूप्रतिको वितृष्णा । काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवार बनेकी रञ्जु दर्शना दलहरूकै कारण स्वतन्त्र उम्मेदवार बढेको तर्क गर्छिन । दलको भन्दा स्वतन्त्रलाई काम गर्न सहज हुने उनको विश्वास छ ।

राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसक्दा स्वतन्त्र उम्मेदवार बढेको कतिपयको मत छ । दलहरूकै व्यवहारले बढाएको नैराश्यताका कारण पनि स्वतन्त्र उम्मेदवारी दिने बढेको उनीहरूको बुझाइ छ । डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका सागर ढकाल एक–दुई व्यक्ति पनि संसदमा पुग्दा त्यसको महत्व हुने भएकाले स्वतन्त्र उम्मेदवारी बढेको बताउँछन ।
यता, काठमाडौँ ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव चिन्ह चप्पल लिएर निर्वाचनमा होमिँदै छन ।

पूर्वप्रधानमन्त्री केपी ओलीलाई हराउन भनेर झापामा साहित्यकार तथा लेखक युग पाठक कस्सिएका छन । त्यस्तै, चर्चित विद्यार्थी नेता, हेमराज थापाले काठमाडौ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । निति निमार्ण तहमा सक्षम युवा, भ्रष्टाचार अन्त्य, सासंदको सम्पत्ति छानविनका लागि कानुन बनाउने, संवैधानिक आयोग र सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति नगर्ने विधेयक बनाउने, जनताका दैनिक समस्या सभामुखमार्फत रुलिङ गराउने जस्ता एजेन्डा अघी सारेका थापाले सडकको लडाईं निर्वाचनपछि संसदमा हुने बताउछन् । राजनीतिक अनुभव नभएका, भ्रष्टाचारविरोधी अभियान चलाएका र स्वतन्त्रहरू नै दल बनाएर प्रतिस्पर्धामा आएका तर, स्वतन्त्र उम्मेदवार दलको विकल्प हुन नसक्ने धेरैजसो विश्लेषहरु बताउँछन ।

आज किन जनता दलहरूको विकल्प खोज्न बाध्य भए ? दलहरूले आफ्नो प्रभाव क्षेत्र भनेकै ठाउँबाट कसरी स्वतन्त्रहरू निर्वाचित भए ? मतदाता किन स्वतन्त्रप्रति आकर्षित बने ? यसका बारेमा दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । फेरि पनि दलहरूले आफ्नो अकर्मण्यतालाई कायमै गरे र विगतका कमजोरी सच्याउनेतर्फ चासो दिएनन भने यसले दलीय व्यवस्था मात्रै नभई सिंगो व्यवस्था नै जोखिममा नपर्ला भन्न सकिन्न । तसर्थ स्वतन्त्र उम्मेदवारीको लहर र रहरको फैलिँदो प्रवाह र प्रभाव रोक्न दलहरूले आफ्ना नीति र कार्यक्रमसँगै निर्वाचनमा उम्मेदवार चयनमा विशेष ध्यान दिन उत्तिकै जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com