ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् कतार विश्वकप खेल्ने ३२ राष्ट्र (यस्तो छ खेल तालिका)


एबीसी / संवाददाता
कार्तिक २२, २०७९ मंगलबार  ९ : १९ बजे

काठमाडौं, २२ कात्तिक । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय बाँकी छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको छ ।

नोभेम्बर २० मा कतारमा विश्वकप सुरु हुँदैछ भने मुख्यतः युरोपका क्लब लिग खेलहरु त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरु नोभेम्बर १२र१३ पछि ब्रेक गरिनेछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरु पुनः सुरु हुनेछन् ।

त्यसैले यस पटक विश्वकप फुटबल यसअघिका भन्दा फरक हुनेछ ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको २२औं संस्करण हो । पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न समयका हिसावले नेपालीलाई पनि सहज हुनेछ । उदघाटन खेल समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा नोभेम्बर २० मा हुनेछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ ।

पहिलो देखि ६१ औं वरीयतासम्मको टिम

कतारमा विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट चरण पार गरेका छानिएका हुन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिल देखि ६१ औ वरीयतामा रहेको घानासम्म छ । विश्वकपमा छनोट भएका मध्ये घाना सबैभन्दा तल्लो वरीयताको टोली हो । कतार विश्वकप खेल्ने टिमको वरियता शीर्ष ६१ भित्रको रहेको छ । शीर्ष दश वरीयता भित्र रहेका मध्ये इटली भने यस पटक छनोट हुन सकेको छैन ।

एसियाबाट पहिलो पटक ६ राष्ट्र

विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

आयोजक कतार आयोजकले नाताले सिधै छनोट हुँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । विश्वकपमा पहिलो पटक एसियाबाट कीर्तिमानी ६ टिमले खेल्न लागेको हो ।
यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए । कतार विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३ टिमले खेल्दैछन् । यस्तै अफ्रिकाबाट ५, दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट समान ४ टिमले कतार विश्वकप खेल्नेछन् ।

कतार पहिलो पटक खेल्दै

विश्वकप फुटबलको इतिहास झण्डै एक शताब्दी पुग्न लाग्दा एसिया महादेशमा भर्खर दोस्रो पटक विश्वकप आयोजना हुन लागेको छ । त्यसमा पनि मध्यपूर्वी एसियामा पहिलो पटक विश्वकप आयोजना हुँदैछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतार विश्वकपमा पनि डेब्यू गर्दैछ ।

सन् २०१० मा फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको घोषणा गरेको थियो । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा भ्रष्टचार भएको आरोप समेत लाग्दै आएको थियो । यस्तै कतारमा विश्वकपका लागि स्टेडियम निर्माण गर्दा हजारौं कामदारको निधन भएको भन्दै यसको आलोचनासमेत हुँदै आएको छ । तर, यतिबेला कतार विश्वकपलाई जसरी भए पनि सफलतापूर्वक सम्पन्न गर्न लागिपरेको छ ।

सबै विश्वकप खेल्ने ब्राजिल एक्लो टिम

विश्वकप फुटबल भन्ने बित्तिकै धेरैको दिमाखमा आइराख्ने देश हो– ब्राजिल । फुटबल, ब्राजिल अनि महान खेलाडी पेले पर्यावाचीको रुपमा रहेको छ ।

ब्राजिलको नाममा अनौठो कीर्तिमान छ । फिफा विश्वकपका लागि छनोट चरण पार गर्नुपर्ने हुन्छ । अहिलेसम्म २१ पटक विश्वकप भएको छ र ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो । यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ । पेलेले तीन पटक विश्वकप जितेका छन् ।

ब्राजिल २२औं पटक विश्वकप खेल्दैछ । ब्राजिलपछि जर्मनी (सुरुमा पश्चिम जर्मनी) ले १९ पटक विश्वकप खेलेको छ । यस्तै अर्जेन्टिनाले १७ र मेक्सिकोले १६ पटक विश्वपटक खेलेका छन् ।

आयोजक कतारले विश्वकपमा डेब्यू गर्दा क्यानडा दोस्रो पटक (सन् १९८६ पछि पहिलो) विश्वकपमा छनोट भएको छ । यस्तै २००२ र २०१८ मा विश्वकप खेलेको सेनेगल तेस्रो पटक छनोट भएको छ ।

चार पटकको च्याम्पियन इटली छनोट नै भएन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २११ सदस्य राष्ट्र छन् । त्यसमध्ये उत्कृष्ट ३२ राष्ट्र मात्र विश्वकपमा छनोट हुन्छन् । जसले गर्दा केही नाम चलेका ठूला राष्ट्र समेत विश्वकपमा छनोट हुन असफल हुन्छन् ।

कतार विश्वकपमा नदेखिने सबैऐन्दा ‘ठूलो’ राष्ट्र इटली हो । युरोपियन राष्ट्र इटलीले ब्राजिलपछि ४ पटक विश्वकप उपाधि जितिसकेको छ । इटलीले पछिल्लो पटक सन् २००६ मा जर्मनीमा भएको विश्वकप जितेको थियो ।

तर, गत वर्ष युरोकपको उपाधि जितेको इटली कतार विश्वकपमा भने छनोट हुन सकेन । उसले विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफमा नर्थ मेसेडोनियासँग अप्रत्यासित रुपमा हार ब्यहोरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

म्याड्रिड डिजाइन फेस्टिवल जारी

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com