ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यमा कसको पल्ला भारी (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधी सभाका लागि भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नम्बर १ लाई नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ भने क्षेत्र २ नम्बरमा कहिले नेपाली कांग्रेस, कहिले नेकपा एमाले त कहिले नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले जित्दै आएका छन् । यसपटक पनि राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणपत्रमा पर्यटनको पूर्वाधार, औद्योगीकरणको अभियान, संस्कृति संरक्षण, सरसफाइ, वातावरण संरक्षण, उज्यालो भक्तपुर, भष्टाचार मुक्त, स्वरोजगार उन्मुख भक्तपुर दलहरुको मुख्य एजेन्डा बनाएका छन् ।

मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधि सभाका लागि भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसार व्यस्त रहेका दलहरु एकअर्काको कमजोरी देखाउदै मतदातामाझ मत मागिरहेका छन् । यसअघिका निर्वाचनमा समेत काँग्रेस, नेमकिपा र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । यसपटक पनि यहाँ काँग्रेस, एमाले र नेमकिपाबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ । भक्क्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट महेश बस्नेत, सत्ता गठबन्धनका तर्फबाट दुलर्भ थापा र नेपाल मजदुर किसान पार्टी अनुराधा थापा मगर सहित २६ जनाको उम्मेदवारी रहेको छ । जसमध्ये स्वतन्त्र मात्रै ११ जना रहेकाछन ।

यस्तै भक्तपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसको गढ नै मानिन्थ्यो । २०७४ सालको प्रतिनिधिसभा चुनावअघिका सबैजसो चुनाव नेपाली कांग्रेसले नै जितेको थियो । तर २०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएका थिए । २०७४ मा एमालेका महेश बस्नेतले पाएको मत उनका प्रतिद्वन्दी भन्दा झन्डै दोब्बर मतले पराजित गरेका थिए । २०७४ मा एमाले र माओवादी केन्द्र मिलेका कारण बस्नेतलाई सहज भए पनि यसपाली भने उनलाई त्यति सहज छैन । ०७४ मा उनले केही साना र क्षेत्रीय दल सहित माओवादी केन्द्रको साथ पाएका थिए । तर, यसपटक भने माओवादी र एकिकृत समाजवादी पनि कांग्रेससहितको पाँच दलीय गठबन्धनमा रहेकाले बस्नेतलाई जितका लागि सहज देखिदैन । नेकपा एमालेका प्रतिनिधि सभाका सदस्यका उम्मेदवार महेश बस्नेतले पाँचवर्षे कार्यकालमा गरेका विकास निर्माणका कामकै कारण मतदाताले आफूलाई दोहो¥याउने विश्वास गर्छन् ।

पाँच वर्षमा भक्तपुर क्षेत्रमा गरेको विकासलाई हेरेर जनताले मूल्यांकन गने उनको दाबी छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार दुलर्भ थापाले भक्क्तपुर परम्परा देखि कांगे्रसको क्षेत्र रहेको बताउछन । थापाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर जनताका साझा मुद्दा उठाएकाले सबैको साथ पाउने विश्वास व्यक्त गरे । भक्क्तपुरका मतदाताले एउटै उम्मेदवार दोहो¥याएको इतिहास नरहेको भन्दै विशेष रणनीतिका साथ चुनावमा जुटेको र जनताले आफुलाइ निर्वाचित गर्ने दाबी गरे । आगामी चुनावको लागि एमालेको तर्फबाट बस्नेत र नेमकिपाबाट मगर नै मैदानमा भए पनि कांग्रेसका तर्फबाट भने दुर्लभ थापा क्षेत्री छन । दुवै प्रतिद्वन्दी आफ्नो पक्षमा माहौल बनाउन मतदाताको घर दैलोमा पुगिरहेका छन । विशेषगरी कुनै पार्टीमा नदेखिएको स्वतन्त्र भोट, राप्रपा, नेमकिपा जस्ता साना दलसँग निकट भएको भोट तथा सुकुम्बासीको भोट आकर्षित गर्न थापा र बस्नेतको प्रयास जारी देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com