ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ७६ जनाद्वारा पार्टी परित्याग


एबीसी / संवाददाता
कार्तिक १६, २०७९ बुधबार  ६ : ५९ बजे

काठमाडौँ, १६ कात्तिक । बारा जिल्लामा कार्यरत नेकपा ९एमाले०का ७६ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ४ जना मधेस प्रदेश कमिटी सदस्यसहित ७६ जना एमाले नेता कार्यकर्ताले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग घोषणा गरेका हुन् ।

त्यसरी पार्टी परित्याग गर्नेमा धेरैजसो बारा क्षेत्र नम्बर ३ का नेता कार्यकर्ता छन् । पार्टी परित्याग गर्ने प्रदेश कमिटी सदस्यहरू काजी मोक्तान, उमेश कुशवाहा, कलामुद्दिन अन्सारी र प्रदीप साहसमेत छन् । उनीहरू जिल्ला कमिटी सदस्य, पूर्वजिल्ला कमिटी सदस्य, नगर कमिटी र गाउँ कमिटी सदस्यसहित ७६ जना नेता कार्यकर्ताले एमाले परित्याग घोषणा गरेका हुन् ।

७६ जना नेता कार्यकर्ताको हस्ताक्षरसहित जारी विज्ञप्तिमा पार्टीभित्र व्यक्तिवादी नियन्त्रण कायम भएको, विचार दर्शनबाट पार्टी स्वलित हुँदै गएको, इमानदार पार्टी सदस्य, मजदुर किसानको विश्वास पार्टीप्रति हराउँदै गएको जस्ता आरोप लगाइएको छ ।

पार्टीमा ४०औँ वर्षदेखि कार्यरत नेतालाई टिकट नदिएर बाहिरबाट आएका टुरिस्ट उम्मेदवारलाई टिकट दिइएकाले पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी परित्याग गरेका एमाले नेता कार्यकर्ताले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने उद्घोषसमेत गरेका छन् ।

एमालेले टिकट नदिएपछि बारा–३ मा एमाले नेता कलामुद्दिन अन्सारीले स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । त्यसैगरी बारा ३ ९क०मा एमालेका पुराना नेता नारायण क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अन्सारी र क्षेत्रीले एमालेबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमाले परित्याग गरेको विज्ञप्ति जारी गर्नेमा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिएका अन्सारी पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com