ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैभन्दा पवित्र गठबन्धन यही हो : बाबुराम


एबीसी / संवाददाता
आश्विन २९, २०७९ शनिबार  ९ : ०८ बजे

गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा शनिबार आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता–कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँग सहकार्य भएको बताए ।

“प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयाँै, त्यो आउनु पनि पर्थ्यो,” उनले भने, “त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभईकन देशमा दिगो शान्ति हुँदैन । दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।”

उनले विकास, समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्त्व दिएको समेत उल्लेख गरे । “यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला,” उनले भने, “कतिपयले कम्युनिस्ट समाजवादी र कांग्रेस माओवादीविपरीत ध्रुव चुनावी स्वार्थका लागि आए भन्ने छ, त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन् । तर, सबैभन्दा पवित्र गठबन्धन यही हो ।”

अध्यक्ष डा. भट्टराई गोरखा क्षेत्र नम्बर–२ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेको समेत बताए ।

“मैले गोरखामा टिकट नपाउने भन्ने पनि होइन । मैले हस्तान्तरण गर्न चाहेको थिएँ, त्यो पूरा भएको छ,” उनले भने, “प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन । तर, इतिहास निर्माणका लागि उहाँ गोरखाबाट चुनाव लड्न आउनुभएको हो ।”

“राणा शासनकाविरुद्ध लड्दादेखि राजासँग लड्दासम्म इतिहास निर्माणको थलो गोरखा थियो,” उनले थपे, “अब फेरि एकपटक समृद्धीकरण मोडल पनि गोरखा बन्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com