ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आचारसंहिता लागू : के गर्न पाईन्छ के पाईदैन (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १३ असोज । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार मध्यरातिदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगद्वारा लागू भएको आचारसंहिता अनुरुप प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रचार गर्न पाउने, स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनावी प्रचारमा रोक एवम् उम्मेवारको पक्ष–विपक्षमा प्रस्तुत हुन पाइनेछैन । आयोगले सरकारका सबै तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार मध्यरातिदेखि आचारसंहिता लागू भएको छ । आचारसंहिता लागू भएसँगै आयोगले सरकारी निकाय वा सार्वजनिक तथा अर्धसरकारी संस्था, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायतले निष्पक्ष ढंगबाट प्रस्तुत हुनुपर्नेछ । निर्वाचन आचारसंहिताले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न सरकारलाई रोक लगाएको छ । अब शिलान्यास, उद्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन र अनुदानका कार्यक्रम गर्न पाइँदैन । राजनीतिक नियुक्ति, नयाँ पद सिर्जना, पदपूर्ति, भत्ता वृद्धि लगायतका आर्थिक सुविधा र पुरस्कार वितरण गर्न आचारसंहिताले रोक लगाएको छ । लोकसेवा आयोगले गर्ने नियमित पदपूर्तिको काम आयोगकाृ अनुमति लिई गर्न सक्नेछ भने निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

पूर्वनिर्धारितक कार्यतालिका अनुसार आगामी निर्वाचनको विधिवत् प्रक्रिया अगाडि बढाउदै आएको आयोगले आचारसंहिता कार्यान्वयन गर्न सम्बन्धित सबै निकायमा निर्देशन दिएको छ ।प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा कडाइ गरिएको छ । प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रचारप्रसार गर्न पाउने भनिएको छ । दल र उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा कुनै पनि प्रकारको ¥याली गर्दा पार्टीको झण्डा बीमा १० वटा मात्रै प्रयोग गर्न पाउनेछन् । बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै चुनाव प्रचार गर्न पाइनेछ । प्रधानमन्त्री एवम् मन्त्रीहरु अन्यत्र चुनावी प्रचारप्रसारमा जान नपाइने विषयमा राजनीतिक दलहरुले असहमति जनाएका छन् । यी विविध विषयमा आयोगले प्रमुख राजनीतिक दलका नेताहरुसँग परामर्श गर्दै आएको पनि छ ।

उम्मेदवार बन्न पेश्की, बेरुजु फस्र्यौट गर्नुपर्नेछ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाहरुले खर्च विवरण समयमै बुझाएका छैनन् भने ५० हजारदेखि साढे ७ लाखसम्मको जरिवाना तिरेर उम्मेदवार बन्नुपर्नेछ । जरिवाना नतिरे आउदो ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्थालाई आयोगले कडाइ गरेको छ । निर्वाचनमा विजयी उम्मेदवारले कुनै पनि प्रकारको भोज, भतेर गर्न वा नगद तथा जिन्सी बाँड्न नहुने आचारसंहितामा उल्लेख छ । आचारसंहितामा सत्तापक्ष र प्रतिपक्षी नेताहरुले प्रतिबद्धता जनाइसकेका छन् । यसअघि स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले शक्ति र सत्ताको दुरुपयोग गरेको आरोप लगाएको एमालेले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनुपर्ने बताउँदै आएको छ । निर्वाचन कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई ६० बुँदे निर्देशन जारी ग¥यो ।

दलहरुले कतिपय दूरदराज तथा दुर्गमका निर्वाचन क्षेत्रमा जान, आउन महिना दिनभन्दा बढी लाग्ने सन्दर्भमा निर्वाचन खर्च बुझाउन तोकिएको समयसीमा व्यवहारिक नहुने बताएका छन् । यस्ता स्थानमा प्रचारप्रसार लगायतका कतिपय समयसीमाहरु व्यवहारिक नहुने र प्रधानमन्त्री एवम् मन्त्रीहरु अन्यत्र निर्वाचनमा जान नहुने विषय राजनीतिक अघिकारविरुद्ध समेत भएको नेताहरुले बताउने गरेका छन् । आयोगले भने दलहरुकै परामर्शमा निर्माण भएको आचारसंहिता आवश्यकता अनुसार संशोधन एवम् सहजीकरण गर्दै अघि बढ्न सकिने जनाएको छ । संविधानमा व्यवस्था भए बमोजिम मंसिरमा दोस्रो ससदीय निर्वाचन हुँदैछ । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, राजनीतिक दल लगायत सम्बद्ध सबैले आचारसंहिता गम्भिरतासाथ कार्यान्वयन गर्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com