ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगर थाल्यो उपमेयरको अगुवाईमा बजार अनुगमन (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १२ असोज ।  बडादसैं सुरु भएसँगै बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । तर, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका निकाय चाडपर्व लक्षित बजार अनुगमनमा मात्र केन्द्रित देखिएका छन । अरु समयमा वास्ता नगर्ने निकाय चाडपर्वका बेला भने एकाएक चलमलाउँछन । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्परा काठमाडौंं महानगरले यसपटक पनि निरन्तरता पाएको छ ।चाडपर्व नजिकि“दै गर्दा सरकारले अनुगमनलाई तिब्र बनाएको छ ।

आम मानिससँग दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडादेखि तरकारी जस्ता बस्तुमा बिचौलियाको प्रवेश तथा कालाबजारी रोक्नका लागि अनुगमनलाई बजार केन्द्रित बनाएको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको नियमनकारी निकायको दाबी छ । दसैंतिहार जस्ता ठूला पर्वहरुमा खरिदविक्री बढी हुने र यही मौकामा उपभोक्ता ठगिने विषयलाई ध्यानमा राखेर अनुगमन पक्षलाई बलियो बनाएको बताइएको छ । काठमाडौंंं महानगरपालिका उपमेयर सुनिता डंगोलको टोलीले तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । कतिपय व्यापारीलाई पसल दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउँदै उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिइने प्रतिवद्धता जनाइन् । उपमेयर डंगोलले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिइन् ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । यद्यपी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने तर मिति सकिएका खाद्य सामग्री विभागले भने नबेचेको दाबी गरीन् । प्रमुख थापाले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिवद्धता समेत जनाइन् ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए । अनुगमनका क्रममा सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेकोमा आक्रोश व्यक्त गर्दै तिमल्सिनाले सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए । बजार अनुगमन नियमित हुन नसकेको भन्दै नागरिकप्रति सरकारी संस्थाहरु जिम्मेवार बन्नुपर्ने र विशेष गरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको उनको भनाई छ ।

बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा व्यापारीले कृत्रिम मंहगी बढाउने गरेका छन् । त्यसको निरन्तरताको रुपमा अहिलेपनि व्यापारीले आफुखुसी मूल्य बढाइरहेका छन । बजारमा सामान अभाव भएको बाहना बनाउदै उपभोक्तालाई चर्काे मुल्यमा उपभोग्य बस्तु किन्न बाध्य गराउने गरेका छन् । यसरी बजारमा उपभोक्तालाई ठग्ने व्यापारीलाई तह लगाउनका लागि सरकारले यस पटकको अनुगमन नियमित र अनुसन्धानमुलक ढंगले बजार केन्द्रित हुने जनाएको छ । चार्डपर्वलाई लक्षित गरी कालोबजारी गर्नेहरुलाई कारवार्हीको लागि सम्वन्धीत निकायले सक्रियता देखाउन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com