काठमाडौं, १२ असोज । नेपाली कांग्रेसको डा। शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ ।गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ ।१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ ।








प्रतिक्रिया दिनुहोस्