ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर ४ गते हुने निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १० असोज । यहि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदै छ । विभिन्न दलहरु र राजनीतिक विश्लेषकहरु यतिवेला यस पटकको निर्वाचनमा कस्ले बहुमत प्राप्त गर्छ भन्दापनि पाँचदलिय गठबन्धन संग नेकपा एमाले साना दलहरुलाई समेटेर निर्वाचन होमिदै छ ।

संघ र प्रदेशको सिट बाँडफाडमा पाँच दलिय गठबन्धन भित्र कुरा नमिलेको र नेपालको राजनीतिक अवस्था यसै भन्न नसकिएको अवस्थामा एबीसी टेलिभिजनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा गरेका छ । आगामी संघीय निर्वाचनमा सत्तापक्षीय गठबन्धन र प्रतिपक्षीय गठबन्धनका बीचमा दुइपक्षीय प्रतिस्पर्धा हुने भएको छ । पछिल्लो स्थानीय निर्वाचनलगत्तै संघीय निर्वाचनका लागि विभिन्न दलहरुले विभिन्न झण्डै आधा दर्जन जति गठबन्धनका विकल्पमा छलफल र कोशिश गरे पनिअन्तत ः सत्तापक्षीय र प्रतिपक्षीय गठबन्धन गर्ने मादलहरु थिग्रिएका छन् । स्थानीय निर्वाचन लगत्तैबाट पुनःएमाले र माओवादीबीचको वाम गठबन्धनका विषयमा छद्मरुपमा निकै कोशिश भएको थियो । एमाले र माओवादीका उच्च स्रोतका अनुसार झण्डै गठबन्धन हुने तहमा पुग्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको प्रधानमन्त्रीका रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घोषणा गरेर जान तयार नभएपछि वाम गठबन्धनको कोशिसले सफलता नपाएको हो ।

त्यस बाहेकका प्राय सबै मुद्धामा सहमति भइसकेको थियो । आफू विरुद्ध वाम गठबन्धन हुने देखेपछि नेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सत्तापक्षीय गठबन्धनका लागि हदैसम्म लचकहुन तयार भएपछि पनि प्रचण्डलाई सत्तापक्षीय गठबन्धन छाडेर एमालेसँग मिल्न जाने बहाना नभएको हो । स्थानीय तहको निर्वाचनको नतिजाले माओवादीलाई जुन गठबन्धनमा लाग्यो उतै पल्लाभारी हुने देखिएपछि माओवादीको शक्ति ह्रास भएपनि महत्व बढेको हो । गठबन्धनका विकल्पहरु माथि कोशिश भइरहँदा माओवादी, जसपा र एकीकृत समाजवादी लगायतका साना दल तथा एमाले– राप्रपा तथा नेका–लोसपाबीचको त्रिपक्षीय गठबन्धन हुने जस्तो अवस्थालाई काङ्ग्रेस धेरै कमजोर हुने र एमाले सवैभन्दा ठूलो दलबन्ने देखेपछि देउवा अझ बढी र कुनै पनि हालतमा माओवादीसँगको गठबन्धन नछोड्ने पक्षमा अघि बढेका हुन् । आगमी संघीय निर्वाचनका सन्दर्भमा दलहरुबीच गठबन्धनका विकल्पहरु माथि कोशिश भइरहँदा काठमाडौंको सत्तालाई महत्वदिने बाह्य शक्तिहरुले पनि सत्ता गठबन्धनलाई नै टिकाउन अनेक हिसाबले दबाव बढाइरहेको त प्रष्टै थियो ।

यसरी सत्ता गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन हुने परिस्थिति विचार गरेर एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका ८ वटा सदरमुकाम गरी १५ शहरमा गरेको सर्वेक्षणमा स्थानीय निर्वाचनमा देखिएको मत रुझानकै नजिकको नतिजा देखिएको छ ।
सत्ता गठबन्धन भर्सेस प्रतिपक्ष गठबन्धन
सत्ता गठबन्धन – ११४– १२८ सिट
प्रतिपक्षीय गठबन्धन ३१ – ४२ सिट
अन्य ५–८ सिट
दलगत रुपमा
नेका – ६४ –७२ सिट
माके – ३४– ४२ सिट
जसपा – ८ –१२ सिट
एस – ७–१० सिट
राजमो – १ सिट
एमाले – २७–३५ सिट
राप्रपा – २–५ सिट
लोसपा – २–४ सिट
अन्य ५–८ सिट
एबीसी जनमत सर्वेक्षणमा सत्ता गठबन्धन र प्रतिपक्षीय गठबन्धनका अतिरिक्त विभिन्न दलको अवस्थाकाबारेमा पनि प्रश्न सोधिएको थियो ।
देशका प्रमुख ७ शहर र आठ वटा मुख्य शहर भन्दाबाहिरी जिल्लाका सदरमुकामका ४०१५ जना मतदाताका बीचमा गरिएको हो । नमूनामा परेका १५ वटा शहरमा भदौ २५ देखि भदौ ३१ सम्म मतसंकलन गरिएको थियो ।
सर्वेक्षणमा सोधिएको ‘अब हुने संसदको निर्वाचनमा तपाईं केका आधारमा भोट दिनुहुन्छ ?’ भन्ने प्रश्नमा सबैभन्दा धेरै ३४ दशमलव ५ प्रतिशत उत्तर दाताले ‘राजनीतिक आस्थाका आधारमा ‘भन्ने जबाफ दिए । २९ दशमलव ५ प्रतिशतले उम्मेदवारका आधारमा, १३ प्रतिशतले नेताले गरेका कामका आधारमा भोट दिने बताए भने १२ प्रतिशतले घोषणापत्रको आधारमा मत दिने उत्तर दिए ।
११ प्रतिशत उत्तर दाताले उम्मेदवारको थर (जात) का आधारमा भोट हाल्ने बताए । ११ प्रतिशतले थाह छैन भने ।
अब हुने संसदको निर्वाचनमा तपाईं केका आधारमा भोट दिनुहुन्छ ?
राजनीतिक आस्थाका आधारमा –३४ दशमलव ५ प्रतिशत
उम्मेदवारका आधारमा – २९ दशमलव ५ प्रतिशत
अघिल्लो कार्यकालको कामका आधारमा – १३ प्रतिशत
जात वा समुदायका आधारमा – १२ प्रतिशत
मतदान गर्नेमा नै दुविधामा रहेका ११ प्रतिशत
‘अबको निर्वाचन पछि स्थिर सरकार बन्न सक्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा जम्मा ११ प्रतिशत उत्तरदाताले आशावादी नभएको जवाफ दिए भने सरकार परिवर्तन भैरहन्छ भन्ने जबाफ दिनेको प्रतिशत ८१ रहेको छ । ८ प्रतिशतले ‘थाहा छैन भन्ने जबाफ दिए ।
के अब स्थिर सरकार बन्छ ?
अबको निर्वाचनपछि स्थिर सरकार बन्न सक्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
आशावादी – ११ प्रतिशत
अस्थीर र सरकार बदलिइरहन्छ – ८१ प्रतिशत
थाहा छैन, मतलव छैन – ८ प्रतिशत

मङ्सिरको निर्वाचनमा कुनै एउटा दलले बहुमत प्राप्त गर्न सक्दैन भन्नेमा अधिकांश उत्तरदाता विश्वस्त देखिएका छन् । सर्वेक्षणमा सहभागी ७१ दशमलव ५ प्रतिशत उत्तरदाताले कुनै एक दलको बहुमत नआउने जबाफ दिए भने १७ दशमलव ५ प्रतिशतले ‘थाहान भएको’ बताए । जम्मा ११ प्रतिशतले भने कुनै एक दलको बहुमत आउने सम्भावना रहेको बताएक थिए ।
कुनै दलको बहुमत आउला त ?
तपाईंलाई अबको निर्वाचनमाकुनै एउटा दलले बहुमत ल्याउँछ भन्ने लाग्छ ?
बहुमत आउँछ – ११ प्रतिशत
बहुमतआउँदैन –७१ दशमलव ५ प्रतिशत
भन्न सकिंदैन १७ दशमलव ५ प्रतिशत
चुनाव अघि हुने गठबन्धन ठीक भन्नेमा ३५ प्रतिशत देखिए भने बेठिक भन्नेमा ३२ प्रतिशत र देशको वाध्यता भन्नेमा २५ प्रतिशत उत्तरदाताले बताएका छन् । जे भएपनि के फरक प¥यो र भन्नेमा ८ प्रतिशत रहेका छन् ।
चुनाव पूर्वको गठबन्धन कति ठीक ?
गठबन्धन ठीक ३५ प्रतिशत
गठबन्धन बेठिक ३२ प्रतिशत
जे भएपनि के फरक पर्छ र ? ८ प्रतिशत
देशको बाध्यता – २५ प्रतिशत
मत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com