ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिको कदमसँगै उत्पन्न राजनीतिक तरंग (भिडियोसहित)


एबीसी / संवाददाता
आश्विन ८, २०७९ शनिबार  ३ : ३९ बजे

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान र अहिलेको व्यवस्थामाथि नै प्रहार भएको कानुनविद्ले बताएका छन् । राष्ट्रपतिको कदमबाट उत्पन्न संवैधानिक एवम् कानुनी जटिलताको हल गर्न यो मुद्दा न्यायलय पुग्यो । यही विषय राजनीतिक मुद्दाका रुपमा उठ्न सक्ने नेताहरुले बताएका छन् । सत्तापक्ष र प्रतिपक्षका युवा तथा विद्यार्थी संगठन राष्ट्रपतिको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि देशमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै सत्ता गठबन्धन निकट विद्यार्थी, युवा तथा जनवर्गिय संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृ एवम् जनसंगठन राष्ट्रपतिको समर्थनमा सडकमा उत्रेका छन् । संविधान बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनबाट पारित भई दोस्रो पटक सिफारिस विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ ।

तर, राष्ट्रपतिले यसो नगर्दा, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार भएको भन्दै सर्वोच्च अदालतमा समेत रिट प¥यो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअघि यसलाई यो राजनीतिक मुद्दा बन्ने देखिएको छ । सरकारमा रहेका दलहरु कै भ्रातृ एवम् जनसंगठनले सडकमा आन्दोलनको गतिविधि बढाएका छन् । नागरिकता विधेयकको सवालमा राष्ट्रपति भण्डारीको राजीनामा आउनसक्ने लख पनि धेरैले काटे । तर, राष्ट्रपतिको न राजीनामा आयो न त, नागरिकता विधेयक नै पारित भयो । दोस्रो मर्यादाक्रममा रहेका उपराष्ट्रपति नन्द बहादुर पुनः पनि राष्ट्रपतिविरुद्धमा वक्तव्य जारी गर्न पछि परेनन् । त्यसअघि गठबन्धनका राष्ट्रिय जनमोर्चाबाहेक चार दलले राष्ट्रपतिको कदमप्रति घोर आपत्ति जनाउदै संयुक्त विज्ञप्ति जारी गरेको थियो । राष्ट्रपतिको कदमबारे वक्तव्य जारी गर्ने होडबाजी मात्रै चलेन यसको प्रभाव आगाम निर्वाचनसम्म पर्ने चिन्ता बढेको छ ।

सत्ता गठबन्धन र एमालबीच निर्वाचन सार्ने षड्यन्त्र भएको एकअर्कामा आरोपप्रत्यारोप भएको छ । राष्ट्रपतिको यो कदमले देशमा नयाँ स्थिती पैदा हुन सकिँदैन भन्न नसकिने सत्तारुढ माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा संसदको कार्यकाल असोज १ गते अन्त्य भएकाले नागरिकता लगायत बाँकी सबै विधेयकहरु स्वतः निष्क्रिय हुने बताएको छ । सत्ता गठबन्धन लोकतन्त्रका लागि झन्–झन् हानिकारक बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउदै आएका छन् । एमाले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने रणनीतिका साथ अघि बढेको छ । निर्वाचनमा सिट बाँडफाँट एवम् सरकार सञ्चालन लगायत कतिपय विषयमा सत्ता सहयात्री दलहरुबीच राम्रो मिलाप छैन । गठबन्धनको पछिल्ला केही बैठकहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित रहे । आगामी निर्वाचन वा सरकार निर्माणसम्म अहिलेको गठबन्धन कायम रहन्छ भन्नेमा स्वयम् गठबन्धन दलका नेताहरु ढुक्क भने छैनन । उनीहरुमा पार्टीको सहमति बमोजिम तत्काललाई पाँच दलीय गठबन्धन आगाडि बढाउनुपर्छ भन्ने माइन्ड मेकअप मात्रै छ । राष्ट्रपति भण्डारीको कदमबाट गठबन्धन मुठभेड वा टकरावमा नजाने तर राजनीतिक प्रतिवाद गर्ने रणनीतिमा देखिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

सम्बन्धित

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com