ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट बाँडफाँटको टुंगो कहिले ? (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ७ असोज । सत्ता गठबन्धनमा आगामी संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंगो लागेको छैन । हालसम्म मसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ मध्ये ८० प्रतिशत सिट तालमेलको सहमति जुटेको गठबन्धनका नेताहरुले बताएका छन् । खासगरी, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले दाबी गर्दै आएको सिटसंख्याबाट तल नझरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

सत्ता गठबन्धनमा आगामी संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमतिको प्रयास जारी छ । गठबन्धनले हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ८० प्रतिशत सिटमा सहमति जुटेको जनाएको छ । गत भदौ पहिलो सातासम्म सिट बाँडफाँटमा सहमति जुटाउने गठबन्धनको कार्यदलले बताउदै आएको थियो । यसबीचमा गठबन्धनले सिट बाँडफाँट सम्बन्धी प्रतिवेदन शीर्षस्थ नेताहरु बुझाए । तर, शीर्षस्थ नेताहरुले सिट बाँडफाँटको जिम्मा पुन कार्यदललाई नै सुम्पियो । सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सयदेखि ८० र नेकपा माओवादी केन्द्र ६० देखि ५० सिटको सेरोफेरोमा घुमिरहेको बताए । उनले समाजवादीले ४० सिट दाबी गर्दै आएकोमा ३० सिटसम्म सहमति गर्न सकिने समेत बताए ।

नेकपा एसका अध्यक्ष नेपालले बैठकमा नेपाली कांग्रेस देश नै आफ्नो पेवा हो जसरी प्रस्तुत भएको बताए । उनले सिट बाँडफाँट बैठकमा गठबन्धन कांग्रेसको बिर्ता हो भनेर आफूले प्रश्न गरेको समेत बताए । कांग्रेस र माओवादीले आफूले दाबी गरेको सिटसंख्याभन्दा तल झर्न नचाहको उनको भनाइ छ । अहिले शक्ति कांग्ेसको हातमा रहेकाले उसको स्वर पनि ठूलो हुने गरेको उनले बताए । यसकारण, शक्ति आर्जन गर्न आवश्यक रहेको बताउँदै उनले सबै क्षेत्रमा मत हासिल गर्न नेता, कार्यकर्तालाइ चुनावमा सक्रिय हुन आव्हान गरे ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा ८० प्रतिशत सिटमा सहमति जुटेको बताएका छन् । पछिल्लो समय मन्त्री कार्कीले सिट बाँडफाँटमा अब अन्तिम रुप दिन मात्रै बाँकी रहेको कुरा दोहो¥याउदै आएका छन् । यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुवै सदनबाट पारित भई दोस्रो पटक सिफारिस भएको नागरिकता विधेयक प्रमाणीरकरण नभएकोप्रति गठबन्धनको बैठक केन्द्रीत भयो । राष्ट्रपतिले संसद र संविधानमाथि प्रहार गरेकाले यसकाविरुद्ध छुट्टै संघर्ष गर्नुपर्ने गठबन्धनमा आबद्ध केही दलहरुको धारणा छ । यस सम्बन्धमा गठबन्धनले कानुनविद्सँग पनि परामर्श लियो । सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँटको छलफल सकारात्मक दिशामा अघि बढेको पटक–पटक बताउने गरेपनि अझै सहमति जुट्न नसकेको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरु दलहरुबीच सहमति जुटाउनुपर्ने एउटा चुनौती त छदै छ, आफ्नै दलभित्रका विभिन्न गुट, उपगुटको चित्त पन उनीहरुको बुझाउनुपर्दछ । जस्तौ कांग्रेसमा डा. शेखर कोइराला पक्षले सय सिटको अडान छोडेको छैन । माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वकोनेपाल समाजवादी पार्टीमा सहमति जुटाउनुपर्नेछ । सिटसंख्या टुंग्याउन एवम् उम्मेदवार चयनमा दलहरुभित्रै पनि सहमति जुटाउन शीर्ष नेतालाई चुनौती छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ४८ र प्रदेशसभातर्फ २३८ दलले समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ गते निर्वाचन आयोगमा बुझाए । गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेस र प्रभावकारी भूमिका खेल्दै आएको माओवादी केन्द्रबाहेक अन्य दलहरुले सिट बाँडफाँटमा थप असन्तुष्टि व्यक्त गरेका छन् । गठबन्धनले अन्तिम टुंगो लाउने बैठक बस्ने बारम्बार भन्ने गरेको छ । तर, दलहरुबीच सिट बाँडफाँट सम्बन्धमा कहिले सहमति जुट्छ, यो भने अझै अन्यौलमा नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com