ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अल्जाइमर्स रोग के हो र किन लाग्छ (भिडियोसहित)


एबीसी / संवाददाता
आश्विन ७, २०७९ शुक्रबार  ९ : ५९ बजे

सेप्टेम्बर २१ तारिक अर्थात अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस । नेपाल लगायत विश्वभर यो दिन अल्जाइमर्स दिवस मनाँउदै आएको छ । सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यो वर्ष २०२२ को नारा चाँही नो डिमेन्सिया नो अल्जाइमर्स रहेको छ ।

आज विश्वभर अल्जाइमर्स दिवस मनाइएको छ । अल्जाइमरबारे जनचेतना बढाउने उद्देश्ले हरेक वर्षको सेप्टेम्बर २१ तारिखका दिन यो दिवस मनाइन्छ । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो । जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । सुरुवातमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा देखिने अल्जाइमरले पछि गएर स्मरण शक्तिमा पूर्णतः ¥हाससम्मको अवस्था निम्त्याउने गर्दछ । डिप्रेसन, हाइपर टेन्सन, टाउकोमा गहिरो चोट लाग्नु र ७० प्रतिशत वंशाणुगतका कारण यो रोग लाग्ने गर्दछ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नो लागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५ करोड मानिसहरुलाई बिर्सने रोग अर्थात अल्जाइमर छ । अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई डिमेन्सिया हुने डब्लूएचओले जनाएको छ । सन २०१५ को विश्व अल्जाइमर्स तथ्यांकले विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया भैरहेको देखाएको छ । उक्त अध्ययन अनुसार नेपालमा पनि ७८ हजार अल्जाइमर्सका विरामी थिए । जुन प्रत्येक २० बर्षमा दोब्बर हुने अनुमान गरिएको छ । समयमै स्वास्थ्य सुरक्षा नअपनाउंदा उक्त समस्या आइपर्ने गुनासो छ ।

अल्जाइमर्स भएपछि व्यक्तिले सिकेका सबै सीप बिर्सँदै गएर दैनिक जीवन चलाउन नै समस्या हुने डाक्टर रमेश कँडेलले बताउछन् । बिर्सने रोग भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने रोग भएको डाक्टर कँडेल बताउछन् । सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो । सुरुमा के कारणले रोग लागेको हो भन्ने थाहा पाउन सके डिमेन्सियाअन्तर्गत पर्ने बिर्सर्ने रोग मध्य केही केहीको भने उपचार सम्भव भएको डाक्टर कँडेल बताउछन् ।

दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमरवाट बच्नसकिने चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । अल्जाइमर रोगको शंका लागेमा नजिकको स्वास्थ्य चौकी, जिल्ला अस्पताल वा प्राथामिक स्वास्थ्य चौकी मा गई सरसल्लाह लिन सकिन्छ । सबैजसो जेष्ठ नागरिकलाई बुढेसकालमा बिर्सने समस्या त हुन्छ नै । तर यतिबेला उनीहरुलाई परिवारको माया, मोह र स्नेहको आवश्यकता पर्छ । खानपानमा विशेष ध्यान दिनु पर्छ । यति गर्न सकियो भने बिरामीलाई आत्मविश्वास बढ्नुका साथै जटिल समस्या आउनबाट बचाउन सकिन्छ । एकपटक अल्जाइमर भइसकेको मान्छेलाई औषधी गरेर सामान्य रूपमा फर्काउन असम्भव हुन्छ, तसर्थ अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com