ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन बंगलादेशबाट नेपालले के सिक्ने ? (भिडियोसहित)


एबीसी / संवाददाता
आश्विन ७, २०७९ शुक्रबार  ९ : ५१ बजे

काठमाडौं, ७ असोज । साफ महिला च्याम्पियनसिपमा भारतको दबाब तोडिएसँगै नयाँ राष्ट्र बंगलादेश नयाँ च्याम्पियन बन्यो । छैठौ पटक फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन । नयाँ शक्तिको रुपमा बंगलादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एशियामा अन्य मुलुकले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षा अनुसारको सुधारको संकेत देख्न कठिन भएको छ ।

घरेलु मैदानमा दोस्रोपटक अवसर पाएको नेपाली महिला टोलीलाई सोमवार साफ महिला फुटबलको उपाधि उचाल्ने सुनौलो मौका थियो । सधैको विजेता भारतमाथिको जितपछि उपाधि नजिक पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्नु थियो । टोली उच्च मनोबलमा पनि थियो । किनकी अघिल्ला संस्करणका भेटमा नतिजा नेपालमो पक्षमा थियो । बंगलादेशमाथि जितको अपेक्षासहित १६ हजार दर्शक अगाडि खेलेको नेपालले सो नतिजालाई फाइनलमा भने निरन्तरता दिन सकेन । बंगलादेशले समूह चरणका खेलबाट नै उदाउँदो शक्तिको संकेत दिएको थियो । तर नेपाली टोलीको अवस्थामा भने शंका गर्ने अनेकौ पाटा रहे । फाइनलमा पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिाल तुम्बापो सुब्बाले अनुभवको कमीको कारण बताएकी थिइन् । आउँदा दिनमा नेपाली महिला टोली अझै माथि पु¥याउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु प्रतियोगितादेखि ग्रासरुट सम्मको योजना आवश्यक रहेको औंल्याइन् ।

कप्तान एन्जिालाले भनेजस्तै नेपाली महिला टोलीका लागि अनुभव लिने घरेलु प्रतियोगिता बिरलै मात्र हुन्छन् । नाम मात्रको राष्ट्रिय लिग आयोजना गर्ने अखिल नेपाल फुटबल संघले अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन । पुरुष प्रतियोगिता मोफसलमा आयोजना भएपनि महिला प्रतियोगिता हुँदैन भन्दा फरक पर्दैन । प्रतियोगिता आयोजना हुने भन्दा केही महिना अघि मात्र महिला खेलाडीलाई डाकेर बन्द प्रशिक्षणमा राख्ने एन्फाको पुरानै चलन हो । महिला फुटबल विकास भएको ४० वर्षको इतिहास भएपनि सुधारका लागि कुनै प्रयास भइरहेको छैन । अघिल्लो वर्ष बल्लतल्ल डबल लिग शुरुवात भएपनि विभागीय टोली बाहेक अन्य टोलीले प्रतिष्पर्धात्मक खेल देखाउन सकेनन् । फुटबल विश्लेषक सञ्जीव मिश्रले महिला फुटबलको विकास संस्थागत गर्न लागि घरेलु फुटबल लिग र प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताउँछन् ।

नेपाली टोलीमा अर्को समस्या भनेको प्रतियोगिता लक्षित गरेर प्रशिक्षक नियुक्त गरिनु पनि हो । केही महिना अगाडि मात्र प्रशिक्षक नियुक्त गर्दा अपेक्षा अनुसार नतिजा ननिस्किएको कतिपयको विश्लेषण छ । साथै दीर्घकालिन योजना नहुँदा महिला टोलीको मेहनत अपर्याप्त भएको हो । सोमवार नेपालबिरुद्ध बंगलादेशले निकालेको सफलता त्यसै हासिल गरेको होइन । उसले यसका लागि लामो समयदेखि मेहनत, लगानी, दीर्घकालिन योजना, आदिको उपज हुन् । जुन बंगलादेशले पायो । सन् २०१५ मा बंगलादेशले काठमाडौंमै सम्पन्न एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस प्रतियोगिताको लागि बंगलादेशले देशभरबाट प्रतिभा छनोट खेलाडी उत्पादनमा ध्यान दिँदै नयाँ खेलाडीलाई राष्ट्रिय जिम्मेवारमा लिएको थियो । यस बीचमा लाखौँ युवा खेलाडीहरू यसमा सहभागी भए र झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्दै फुटबल विकासको गति दिएको थियो । विभिन्न प्रतियोगितामा अनुभव संगाल्दै आएको बंगलादेशले सुखद् नतिजा दिन थालेको थियो । जुन नेपालले अनुशरण गर्नुपर्ने देखिएको छ । बंगलादेश उदय हुँदै गर्दा भारत पनि नेपाल भन्दा प्राविधिक हिसावमा बलियो छ । साफमा भारत प्रतिद्वन्द्वी भइरहेको अवस्थामा बंगलादेश उदाउनु अन्य मुलुकका लागि थप चुनौति बढेको हो । नेपालको स्तर बढाउनका फुटबल विश्लेषक सञ्जिव मिश्रले योजनावद्ध तरिकाले अगाडि बढ्नुपर्ने सुझाव दिए ।

बंगलादेशले जसरी फुटबलमा लगानी गरेको छ, सोही अनुसार नेपालमा पनि लगानी र ग्रासरुटबाट उकास्ने योजनाको आवश्यक छ । तर बिडम्बना नेपालको हालत ठीक विपरीत छ । फुटबलको अभिभावक संस्थामा कुर्चीका लागि प्रतिष्पर्धा भइरहँदा फुटबल विकासका नारा ओझेलमा परेको सबैमा सर्वविदितै छ । नयाँ शक्ति उदाउँदा एन्फा नेतृत्वलाई महिला फुटबलको विकासका लागि योजना सोच्नैपर्ने अवस्था टड्कारो भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com