काठमाडौ, ५ असोज । बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरीका एसएसपी भरत बोहराले जानकारी दिनुभयो ।
एजेन्सी सञ्चालकले भुइँतलामा सिलिन्डर राखेको रहेछ । त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भयो । सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले सकुशल छन्, उहाँले भन्नुभयो। शवहरु टिचिङमा लगिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसएसपी बोहोराले बताउनुभयो ।
उहाँका अनुसार दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।








प्रतिक्रिया दिनुहोस्