ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट बाँडफाँटमा कांग्रेसलाई माओवादी र एसको दबाब , लाग्ला त सीट बाँडफाँटकाे टुंगो ?


एबीसी / संवाददाता
आश्विन ५, २०७९ बुधबार  ७ : ५४ बजे

आसन्न आम निर्वाचनका लागि गठबन्धनबीच सिट बाँडफाँट छिटो टुंगो लगाउन माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् ।कांग्रेसको आन्तरिक विवादका कारण सिट बाँडफाँटमा ढिलाइ भएको भन्दै उनीहरूले असोज दोस्रो साताभित्रै टुंगो लगाउन ताकेता गरेका हुन् ।

कांग्रेसले भने अन्य दलबाट हैसियतभन्दा बढी सिट खोजिएपछि समस्या भएको दाबी गरिरहेको छ ।कांग्रेसले अन्तिम समयमा आफूहरूमाथि दबाब बनाएर सिट बाँडफाँट गर्ने रणनीति अपनाएको आशंका माओवादी र एकीकृत समाजवादीले गरिरहेका छन् ।

‘आन्तरिक विवाद देखाएर कांग्रेसले सिट बाँडफाँट विलम्ब गरेको जस्तो देखिन्छ । अन्तिमसम्म वार्ता लम्ब्याउने र आफू अनूकुल हुने गरी सिट बाँडफाँट गर्ने कांग्रेस नेताहरूको रणनीति हुन सक्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘माओवादी केन्द्र र हामी अन्तिमसम्म कांग्रेसलाई पर्खने पक्षमा छैनौं । १०र१२ गतेसम्म सहमति नभए यसमा अल्झिरहनु हुँदैन ।’ प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि असोज २३ लाई तोकिएको छ ।गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य भने डेढ महिनाअघि नै थालेका हुन् । निष्कर्षमा नपुग्दै समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने समय आएपछि त्यतातर्फ लाग्न भन्दै गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य तीन दिन रोकेका थिए । त्यही विषयमा मंगलबार बैठक पुनः सुरु भए पनि प्रगति छैन ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बुधबारसम्म जसरी पनि सिट बाँडफाँट टुंग्याउन कांग्रेसलाई आग्रह गरिएको जानकारी दिए । ‘मंगलबारको बैठकमा माधवजी उपस्थित नभएका कारण छलफल हुन सकेन । जहाँ–जहाँ बढी समस्या छ, त्यहाँ दुईपक्षीय छलफल गर्ने भन्ने भएपछि मंगलबार साँझ कांग्रेस र जसपाबीच छलफल गर्नुस् भनेर हामी उठ्यौं,’ उनले भने, ‘सिट बाँडफाँटमा अब ढिला गर्न हुन्न ।’ श्रेष्ठका अनुसार अन्यत्रको तुलनामा बढी समस्या मधेस प्रदेशमा छ ।कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले अपूरो प्रतिवेदन बुझाएको दस दिन बित्दा पनि गठबन्धनका शीर्ष नेता सिट बाँडफाँटको निष्कर्षमा पुग्न नसकेका हुन् ।

कार्यदलका अनुसार कांग्रेसले ८० देखि ८५, माओवादीले ४५ देखि ५०, एकीकृत समाजवादीले १५ देखि २०, जसपाले १३ देखि १५ र राष्ट्रिय जनमोर्चाले एकदेखि दुई सिटसम्म लिएर सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com