ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट बाँडफाँटमा कांग्रेसलाई माओवादी र एसको दबाब , लाग्ला त सीट बाँडफाँटकाे टुंगो ?


एबीसी / संवाददाता

आसन्न आम निर्वाचनका लागि गठबन्धनबीच सिट बाँडफाँट छिटो टुंगो लगाउन माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् ।कांग्रेसको आन्तरिक विवादका कारण सिट बाँडफाँटमा ढिलाइ भएको भन्दै उनीहरूले असोज दोस्रो साताभित्रै टुंगो लगाउन ताकेता गरेका हुन् ।

कांग्रेसले भने अन्य दलबाट हैसियतभन्दा बढी सिट खोजिएपछि समस्या भएको दाबी गरिरहेको छ ।कांग्रेसले अन्तिम समयमा आफूहरूमाथि दबाब बनाएर सिट बाँडफाँट गर्ने रणनीति अपनाएको आशंका माओवादी र एकीकृत समाजवादीले गरिरहेका छन् ।

‘आन्तरिक विवाद देखाएर कांग्रेसले सिट बाँडफाँट विलम्ब गरेको जस्तो देखिन्छ । अन्तिमसम्म वार्ता लम्ब्याउने र आफू अनूकुल हुने गरी सिट बाँडफाँट गर्ने कांग्रेस नेताहरूको रणनीति हुन सक्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘माओवादी केन्द्र र हामी अन्तिमसम्म कांग्रेसलाई पर्खने पक्षमा छैनौं । १०र१२ गतेसम्म सहमति नभए यसमा अल्झिरहनु हुँदैन ।’ प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि असोज २३ लाई तोकिएको छ ।गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य भने डेढ महिनाअघि नै थालेका हुन् । निष्कर्षमा नपुग्दै समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने समय आएपछि त्यतातर्फ लाग्न भन्दै गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य तीन दिन रोकेका थिए । त्यही विषयमा मंगलबार बैठक पुनः सुरु भए पनि प्रगति छैन ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बुधबारसम्म जसरी पनि सिट बाँडफाँट टुंग्याउन कांग्रेसलाई आग्रह गरिएको जानकारी दिए । ‘मंगलबारको बैठकमा माधवजी उपस्थित नभएका कारण छलफल हुन सकेन । जहाँ–जहाँ बढी समस्या छ, त्यहाँ दुईपक्षीय छलफल गर्ने भन्ने भएपछि मंगलबार साँझ कांग्रेस र जसपाबीच छलफल गर्नुस् भनेर हामी उठ्यौं,’ उनले भने, ‘सिट बाँडफाँटमा अब ढिला गर्न हुन्न ।’ श्रेष्ठका अनुसार अन्यत्रको तुलनामा बढी समस्या मधेस प्रदेशमा छ ।कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले अपूरो प्रतिवेदन बुझाएको दस दिन बित्दा पनि गठबन्धनका शीर्ष नेता सिट बाँडफाँटको निष्कर्षमा पुग्न नसकेका हुन् ।

कार्यदलका अनुसार कांग्रेसले ८० देखि ८५, माओवादीले ४५ देखि ५०, एकीकृत समाजवादीले १५ देखि २०, जसपाले १३ देखि १५ र राष्ट्रिय जनमोर्चाले एकदेखि दुई सिटसम्म लिएर सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com