ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ महिला च्याम्पियन


एबीसी / संवाददाता
आश्विन ३, २०७९ सोमबार  ८ : ४९ बजे

काठमाडौँ — बंगलादेशले नेपाललाई ३-१ ले स्तब्ध पार्दै सोमबार साफ वुमेन्स च्याम्पियनसिपको उपाधि जितेको छ। दर्शकले भरिएको दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशका लागि कृष्णरानी सरकारले दुई गोल गरिन्। बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौं पल्ट फाइनलमा पराजित रह्यो । महिला फुटबलमा नेपाल दशरथ रंगशालामा पराजित भएको यो पहिलो पल्ट हो ।

खेलको १४औं मिनेटमा साम सुन्नहारले उत्कृष्ट गोल गरिन । सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरेको चौथो मिनेटमा मोनिका चक्माको पासमा फ्लिक गर्दै उनले गोल गरेकी हुन् ।

खेलको ३५औं मिनेटमा अनिता केसीको फ्रिकिकमा बंगलादेशी गोलरक्षक रुप्मा चक्माले उत्कृष्ट बचाउ गरिन् । त्यसलगत्तै ४१औं मिनेटमा कृष्णरानी सरकारले दोस्रो गोल थपिन । कप्तान सबिना खातुनले त्यसमा पास उपलब्ध गराइन् ।

नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेटमा एक गोल फर्काइन् । नेपालले दोस्रो हाफमा बंगलादेशमाथि चर्को दबाब सिर्जना गरे पनि ती निर्णायक भएनन् । यसबीच सरकारले ७७औं मिनेटमा आफ्नो दोस्रो गोल थपिन्।बंगलादेशले नेपाललाई हराएको यो पहिलो पल्ट हो । यसअघि दुई टिमबीचको आठ खेलमा नेपाल अपराजित रहेको थियो । पूरा प्रतियोगितामा अपराजित बंगलादेशले एक गोल मात्र खायो र वास्तविक विजेता रह्यो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com