ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिम्रो सम्झनामा


एबीसी न्यूज
माघ ८, २०७४ सोमबार  ८ : २६ बजे

तिमी जब मेरो जीवनमा आयौ
हृदयमा प्रेमको झन्कार जगायौ

तिमी अाउनलाई यसरी अायाै
जसरी हाँगाहाँगामा
हरियाली लिएर अाउँछ वसन्त
प्रीतिकाे सुवास बोकेर अाउँछन् फूलहरु
जीवनकाे नवीन अाँकुरा लिएर अाउँछ रिमझिम वर्षात्

तिमी अाएपछि नै हाे
मेरो भेट मसँग भएको
मेरो हिमाल मेरै आँखाहरूमा मुस्कुराएको
मेरो घाम मेरै निधारमा उदाएको
मेरो गुराँस मेरै गालाहरूमा फुलेको ।

तिमी आएपछि सिकेकी हुँ खुसीकाे कखरा
लेख्न थालेकी हुँ बालुवाको सिलोटमा संघर्षका कथा
अनि; पढ्न थालेकी हुँ पवित्र प्रेमकाे बाह्रखरी !

तिम्रा अाँखामा ऐना हेरेपछि
मैले देखेकी हुँ
अाँसुकाे अक्षरमा पनि मुस्कुराउने जीवन
दु:खको गीतमा पनि छङछङाउने झरना
शीतको चिस्यानमा पनि मगमगाउने माटोको महक ।
तर
जसरी बगेको खाेला कहिले फर्किदैन
जसरी बितेको समय कहिले फिर्ता हुँदैन
अनि जसरी गएको लाेभलाग्दाे बैँस
कहिल्यैे फर्केर अाउँदैन
ठीक त्यसैगरी गयाै तिमी मबाट
जसरी मान्छे पनि यो संसारबाट जाँदैन ।

मगमगाउने फूल थिएँ म पारीजातको
तिमी हावाको बेग बनेर आयौ
मेरा जीवनका सपना फुलायौ,
अनि फुलेको सपनाका थुँगाहरूमाथि
गहिरा कलेजी यादहरू छोडी गयौ ।

तिमी अाँखाबाट अनायास खसेकाे
अाँसुकाे ढिका भएर गयाै
अमूल्य थियौ तर फिकाफिका भएर गयौ

जब तिमी गयौ मबाट
मेरो जीवनको पहाडमा पहिराे गयाे
मेरा रहरका फाँटहरूमा धाँजा फाट्यो
मेरो यात्राको नीलो आकाशबाट
सधैंको लागि एउटा घाम अस्तायो ।

तिम्रै सम्झनामा हजारौंको बिचमा एक्लै छु आज
तिमी आउँदा ‘असार’ बनें म
तिमीसितै जीवनको ‘साउन’ बगें म
भोलि तिमीसितै ‘तारा’ भएर बाँच्न चाहन्छु ।

उ: त्यो आकाशमा चमचम गर्दै
अन्धकार धर्तिमा पिलपिलाउने
प्रेमको दुईटा ताराझैँ अमर हुन चाहन्छु म
तिम्रै मधुर सम्झनासँगै; तिम्रै प्रेमको शितल छायासँगै ।

तिमीले उ: त्यो शिखरमा फरफराइरहेको
रातो झन्डा देख्यौ?
त्यही झन्डामा टल्किरहेको
एउटा घाम तिमी हौ; अर्को जून म हुँ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com