ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादीबाट राष्ट्रियसभाको सिट बाँडफाँड अनुमोदन


admin

काठमाडौं, ७ माघ । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । त्यस्तै बैठकले नयाँ सरकार बन्ना साथ समृद्धि र सुशासनको मार्गचित्र कार्यान्वयनमा लैजान अर्काे कार्यदल गठन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार बसेको समिति बैठकले सुवास नेम्बाङ नेतृत्वको कार्यदलको राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड सम्बन्धी प्रतिवेदन अनुमोदन गरेको हो ।

नेम्बाङ नेतृत्वको कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा गठबन्धनले उम्मेदवारी दिने र यसमध्ये एमालेले २९ र माओवादीले १४ उम्मेदवार उठाउने तय गरेको थियो । सोहीअनुसार कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र उपसभामुखमा कसरी जिम्मेवारी बाँडफाँड गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।

समग्रमा एमालेले ४ र माओवादीले २ मुख्यमन्त्री लिने र सभामुखमा दुवै दलको निर्वाचित संख्या अनुसार मिलाएर लैजाने प्रस्ताव गरिएको छ । यसबारे भने संयोजन समितिले नै अन्तिम निर्णय गर्ने गरी प्रतिवेदन पेश भएको छ ।

बैठकले नयाँ सरकारले लिने समृद्धि र सुशासनसम्बन्धी कार्यक्रम तय गर्न कार्यदल गठन गरेको छ । कार्यदललाई नयाँ सरकार बन्नासाथ संयुक्त घोषणा पत्रमा उल्लेख भएका नीतिलाई कार्यक्रमम मुर्तरुप दिनका लागि एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको नेकपा माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

कार्यदलमा गिरिराजमणि पोखरेल, भीम रावल, वर्षमान पुन, भीमबहादुर श्रेष्ठ, विजय पौडेल र युवराज खतिवडा रहेका छन् । पार्टी एकताका लागि बैचारिक र सांगठानिका विषयमा छलफल गरी निर्णय आउने नेकपा एमालेका नेता सुवास नेम्बाङले बताउनुभयो ।

एकीकृत पार्टीको शीर्ष नेतृत्व तथा मातहत कमिटीको सांगठानिक समायोजनका विषयमा दुई अध्यक्षबीच अझै एक चरण छलफल गरी पुन संयोजन समितिको बैठक बस्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com