ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दो : कस्तो छ टेकुको अवस्था ? (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २३ भदौ । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ । डेंगुको संक्रमण देशभरका ७२ जिल्लामा फैलिसकेको छ ।

कोरोना महामारीलाई नै छायामा पारेको डेंगु संक्रमणको जोखिम अबको अझै दुई महिनासम्म रहने चिकित्सकहरुले बताएका छन् । काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको छ । डेंगु संक्रमणणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पा“च हजार बढी व्यक्ति संक्रमित भएका छन् । हाल ललितपुर, काठमाडौं र रुपन्देहीमा सबैभन्दा धेरै संक्रमण देखिएकोे छ । त्यसपछि संखुवासभा, अर्घाखा“ची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायतका जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संक्रामक रोगको उपचार हुने शुक्रराज ट्रपिकल अस्पताल टेकुको इमर्जेन्सीमा डेंगु संक्रमितको चाप निकै बढीरहेको छ । अस्पतालले विरामीको संख्या बढेका कारण एउटै बेडमा २ जना विरामी राखी उपचार गराइरहेको छ । टेकु अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिस्ट डाक्टर शंकर पौडेलले पछिल्लो समय डेंगु मात्र नभएर हैजाका संक्रमितहरुको संख्या पनि बढ्दै गएको बताए । उनले कोरोनासंगै थप सरुवा रोगको महामारी बढेको बताउ“दै उच्च सतर्कता अपनाउनु पर्ने बताए ।

सामान्यतया ३ देखि ५ वर्षको अन्तरालमा प्रकोप/महामारीको रुपमा आउने डेंगु एडिस जातको लामखुट्टेमार्फत डेंगु भाइरस फैलने डाक्टर पौडेलले बताए । उनले यो लामखुट्टे विशेषतः दिउ“सो सक्रिय हुने भएकाले विशेष सजगता अपनाउन अनुरोध गरे ।

डेंगु भएका सबै मानिसमा लक्षण भने देखि“दैन । त्यसर्थ लक्षण नदेखिएका संक्रमित व्यक्तिले पनि डेंगु सारिरहेका हुन्छन् । लक्षण नभएका व्यक्तिलाई डेंगुले टोकेको खण्डमा ८ देखि १२ दिनसम्म अर्को व्यक्तिलाई भाइरस सार्नसक्ने क्षमता विकास गर्छ । सामान्यतया अत्यधिक पीडा नभइ अस्पतालमा नपुग्ने गरेकाले परीक्षणको दायरामा टाढा छन् । ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरु देखिने, आखाको सेतो भाग रातो देखिने, आ“खाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाक/बान्ता हुनेजस्ता लक्षणहरु देखिएको विरामीहरु बताउछन् । पछिल्लो समयमा केही मानिसमा दिसा पातलो जाने, धेरै पसिना आउने नयाँ लक्षण देखिएका छन् । डेंगुलाई निकै शारीरिक पीडा दिने रोगको संज्ञा डाक्टरहरुले दिएका छन् ।

यसका साथै अत्यधिक पेट दुखेमा, तारन्तार बान्ता भएमा, आलस्य भएमा, रक्तश्राव भएमा र रगत परीक्षण गर्दा प्लेटलेट्सको संख्या तीव्र गतिमा घटेको र हेमाटोक्रिट बढ्दै गएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु पर्छ । जा“च गर्दा पेटमा पानी जमेको, कलेजोको सुजन देखिए त्यो कडा डेंगुको संकेत मानिन्छ । डेंगुको महामारी फैलिएको समयमा ब्रुफिन, फ्लेक्जोन, एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधिहरूको प्रयोग झुक्किएर पनि गर्नु नहुने डाक्टरहरुले बताएका छन् । चिकित्सकको परामर्शविना नै आफूखुसी औषधिको प्रयोगले संक्रमितमा रक्तश्राप (आन्तरिक÷बाहिरी) गराउने सम्भावना बढी हुने समस्या देखिएका छन् । आफूखुसी औषधिको प्रयोग गर्ने हाम्रो बानीले संक्रमितमा थप जटिलता देखिन सक्ने भएकाले औषधि वितरक र संक्रमित स्वयंले पनि सचेत हुन चिकित्सकहरुको सुझाव छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने तथा घर तथा कार्यस्थलमा वरिपरी पानी जम्न नदिने वा सरसफाइमा विषेश ध्यान दिनुपर्छ । सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे नियन्त्रण गर्न भनेर प्रत्येक वर्ष लाखौं रुपैया“ विनियोजन गर्दै आएको छ ।

तर, हरेक वर्ष डेंगु नियन्त्रण बाहिर जाने गरेको छ । डेंगुले महामारीको रूप लिइरह“दा नियन्त्रणको प्रमुख जिम्मेवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने डेंगुका कारण भएको मृत्यु तथा संक्रमितको तथ्यांक संकलनमा मात्रै केन्द्रित भएको देखिन्छ । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय तहका तीनैवटा सरकारले प्रभावकारी कदम चाल्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com