ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनमा प्रारम्भिक सहमति : कांग्रेस ८६, माओवादी ४७, समाजवादी १८, जसपा १३


एबीसी / संवाददाता
भाद्र १६, २०७९ बिहीबार  १० : २१ बजे

काठमाडौं, १६ भदौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधि सभाको भागबण्डामा करिब टुंगो नजिक पुगेका छन्। स्रोतका अनुसार पाँच दलले प्रत्यक्षतर्फका १ सय ६५ सिट बाँडफाँट गरेका हुन्। यद्यपि यसको पूर्ण खाका सार्वजनिक भइसकेको छैन।शीर्ष नेतातहरुसहित बिहीबार बिहान ११ बजेदेखि बसिरहेको कार्यदलको बैठक अहिलेसम्म बालुवाटारमा जारी छ। स्रोतका अनुसार यो बैठकमा नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिने लगभग समझदारी जुटेको छ।

एक नेताले दिएको जानकारी अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले अन्तिम रुप दिँदैछ।सय सिट दाबी गरेको कांग्रेसले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको छु, कार्यदलका एक सदस्यले भने, ‘उसले ८५ देखि ८६ सिट लिन्छ। माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट लिन्छ। राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी समझदारी बनेको छ।यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना पनि छ। शीर्ष नेताहरुले संख्या टुंगो लगाएर कार्यदललाई जिम्मा दिएका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बढी सिट लिएर हार्नुभन्दा सबै जित्ने गरी सिट लिनु उपयुक्त हुने प्रधानमन्त्रीको राय थियो। अब यसको अन्तिम निर्णय कार्यदलले सार्वजनिक गर्ने भएको छ। सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्नेछ। निर्वाचन क्षेत्र पनि यसैगरी सहमतिको आधारमा बाँडफाँट गर्ने ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

सम्बन्धित

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com