काठमाडौं, १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एकीकृत समाजवादीका १४ जना सांसदको मुद्दा पेसी चढ्ने दिन नै सत्ता गठबन्धनले आफू विरुद्ध महाअभियोग ल्याएको आरोप लगाएका छन् ।‘अहिलेको गठबन्धनमा रहेका नेताले छाती ठोकेर भन्नुभयो ।
फागुन १ गते उहाँको मुद्दा थियो । उहाँको पार्टीसँग सम्बन्धित मुद्दा थियो । गठबन्धनको सरकारलाई सिध्याउन खोज्ने, हामीलाई सिध्याउनु पर्ने, छाती पिटेर मैले महाअभियोग ल्याएर सिध्याइदिएँ भनेर अध्यक्षज्यूले बोल्नुभयो,’ महाअभियोग सुनुवाई समितिको बैठकमा जबराले हाँस्दै भने,‘प्रधानन्यायधीशलाई महाअभियोग पनि १ गते नै आयो । ल्याइहाल्नु भयो नि ।’पार्टी र अध्यक्षको नाम उच्चारण नगरी उनले घटनाक्रम मात्रै बैठकमा सुनाएका थिए । समिति सदस्यले पार्टी र अध्यक्षको नाम सुनाउन आग्रह गरेका थिए ।त्यसपछि भने उनले नाम नै उच्चारण गर्दै भने, ‘माधकुमार नेपालजीले ।
भिडियो कान्तिपुरबाट








प्रतिक्रिया दिनुहोस्