ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीज विशेषः ‘महिला फरक ढंगले प्रस्तुत भए समाजले विकृतिको रुपमा हेर्छ’


एबीसी / संवाददाता
भाद्र १४, २०७९ मंगलबार   १२ : ५८   बजे

काठमाडौं, १४ भदौ ।  हरितालिका तीज पर्वको अवसरमा मंगलबार देशका विभिन्न शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । हिन्दु धर्म ग्रन्थ अनुसार आज अविवाहितहरुले असल श्रीमान् र विवाहित नारीहरुको श्रीमानको दीर्घायु, सुस्वास्थ्य एवम् सपरिवारको सफलताको शुभेच्छा राख्दै व्रत बस्ने परम्परा रहि आएको छ । राजनीतिक दलका सांसदहरुले आज तीज कसरी मनाउदैछन् भन्नेबारे विभिन्न दलका प्रधावशाली नेतृहरुसँग गरिएको संवादमा आधारित आलेखः

अन्धोपनबाट मुक्त भएर तीज मनाउनुपर्छ – सांसद अर्याल

नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्याल आजभोलि आगामी चुनावका लागि पार्टीकै काममा व्यस्त छिन् । आज दिउँसो आफ्नी छोरीसँग एकैछिन घुम्न जाने योजना उनको छ ।

अर्यालले भनिन्, “व्रत पहिले लिन्थे । अहिले सुगर भयो, ६६ वर्ष पुगें । माछा, मासु नखाने तर संस्कृतिलाई बचाउनुपर्छ भन्ने हिसाबले मनाउनुपर्छ ।” पञ्चायतकालमा मनका र घरका वेदनाका कुरा पोख्ने माध्यमका रुपमा रहेको तीजले दिदीबहिनी जम्म हुने र उत्पिडनमा परेको आवाजलाई बुलन्द बनाउने भूमिका खेलेको उनले बताए ।

निरंकुशताविरुद्ध चेतना जगाउने आन्दोलनको प्लेफर्मको रुपमा तीज रहेपनि पछिल्लो समय महिनौ दिनअघिदेखि भोज, भतेर गर्ने, अन्टसन्ट डान्स गर्ने कुराले तीजप्रतिको सामाजिक आस्थामा विकृति ल्याएको उनको भनाइ छ । भोकै बसेर, श्रीमान्को खुट्टा ढोग्नैपर्ने अन्धोपनाबाट मुक्त हुनुपर्ने र महिलाको आवाजलाई संगठित बनाउने पर्वको रुपमा तीज मनाउनुपर्ने उनले बताए ।

संस्कार र राजनीति सँगसँगै अघि बढाउनुपर्छ – पूर्व सांसद खतिवडा

नेपाली कांग्रेसकी पूर्व सांसद एवम् नेपाल महिला संघकी महासचिव धना खतिवडा भने फरक विचार राख्छिन् । उनी भन्छिन्, “एक दिन भोकै बसेर रोगी भइने पनि होइन । श्रीमान्ले श्रीमतीको पुजा गरेपनि हुन्छ । तर, ३६५ दिनमा श्रीमान्लाई शिव मानेर पुजा गर्ने हिजोका परम्परालाई जोगाउनुपर्छ ।”


उमेरले ६० पुगेर ६१ लागेकी खतिवडालाई पनि सुगर लगायतका रोग छ तर, उनी व्रत भने बसेकी छिन् । जनताको साथमा कांग्रेस अभियानका लागि पार्टीले उनलाई पूवर््ी रुकुममा खटाएको छ । आज व्रत भएकोले भोलि बिहानै रुकुम जाने तयारीमा उनी छिन् ।

“आफ्नो कर्तव्य, संस्कार पुरा गर्छौ, राजनीतिक अभियान पनि छ । अरु साथी म जस्तै खट्नुभाछ, एउटा साथीले जाजरकोट छु के गर्ने भन्दै थिईन्, मैले लुगाले केही हुँदैन, जे छ, त्यसैले मान्ने हो भनें, राजनीति पनि द्रूत गतिमा बढेको छ । हामीले नै समाज परिवर्तन गर्ने हो ।” तीजका गीत र नाचगानमा पनि केही विकृति देखिएको भन्दै उनले यसमा सुधार गर्नुपर्ने भनाइ पनि राखिन् ।

तीज र महिला शक्तिको पुञ्ज रहेको बताउदै उनले यसको पावन अवसरमा भगवानसँग कोही पनि महिला असक्षम नभएको, परिवार र समाज परिवर्तन गरे जस्तै देश परिवर्तन गर्न महिलाले सहयोग गर्न चाहेको विचार र राख्नुभयो । आगामी निर्वाचनमा प्रतिस्पर्धामा महिलाहरु सक्षम भएपनि पुरुष दाजुभाइहरुले उम्मेदवार उठ्न पैसा भनेर प्रतिप्रश्न गरेकोप्रति उनले असन्तुष्ट समेत पोखे ।

“पैसा छ, तिमीसँग ? भन्नुुहन्छ । दाजुभाइहरुले चाहिँ कहाँबाट ल्याउनुहुन्छ ? घरमा महिलाले राम्रोसँग व्यवस्थापन नगर्ने हो भने, यसकारण टिकटका लागि महिलाहरु नडराऔं । जुनसुकै पार्टीको महिला होस्, कांग्रेस महिला चाह्यो भन्दिनँ म । हाम्रो लडाई निर्णय प्रक्रियामा महिला हुनुपछ भन्ने हो”, उनले भनिन् ।

महिला फरक तरिकाले प्रस्तुत भए विकृतिका रुपमा हेरिन्छ – सांसद चौधरी

तीज भड्कावपूर्ण र विकृति फैलिदै गएको भन्ने आलोचनाप्रति नेकपा एमाले सांसद शान्ता चौधरीले भने, नारी फरक तरिकाले समाजमा प्रस्तुत हुने बित्तिकै नकरात्मक ढंगले सोच्ने प्रवृत्ति रहेको बताइन् । परापूर्वकालदेखि श्रीमानको दीर्घायुका व्रत लिने परम्परा निरन्तर चल्दै आएको उनले बताईन् ।

उनले भनिन्, “माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा पनि तीजलाई लिइन्छ । म एउटा कम्युनिष्ट पार्टीको सांसद हुँ तरपनि, पशुपतिमा छु । पुजाआजा गरे खान्छु, यो महिलाहरुका लागि विशेष पर्व हो ।”

निराहार व्रत बस्ने महिला कमै संख्यामा रहेको धारणा राख्दै उनले दर खाने कुरा, कसका लागि खाने र कसका लागि नखाने भन्ने नहुने धारणा राखिन् । पुरुषले जति नै मदिरा पिए वा जे गरेपनि त्यो कसैले ठूलो रुपमा नदेख्ने तर, महिला केही फरक तरिकाले अगाडि बढे विकृति भनेर आउने र यसलाई नकरात्मक ढंगले प्रस्तुत गरिने उनले बताइन् । यसरी, महिलालाई हेर्ने दृष्टिकोण फरक हुन नहुने उनको तर्क छ ।

त्यसो त, उनी आगामी चुनावको तयारीमा पनि छिन्, भन्छिन् – “म उम्मेदवार हो भनेर भन्दिनँ, पार्टीले छनोट नगरेसम्म । तर, उम्मेदवारको आकांक्षी हो । दाङमा यो, त्यो भनेर रोक्दिनँ, जुन क्षेत्रमा दिएपनि म चुनाव लड्छु ।”

पानी नखाई व्रत बस्ने गर्दिनँ – नेतृ खड्का

यस्तै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य कल्याण्ी खड्का पनि महिनौंदेखि तीज मनाउने कुरामा खुसी छैनन् । “देखासेखीको कुराले मान्छेलाई कता, कता पु¥याउछ । महिनौं देखि तीज लाग्नु राम्रो कुरा होइन”, उनले भनिन् ।


उनले भनिन्, “तीजमा माछा, मासु नखाएपनि फलफूलहरु सामान्यरुपमा खान हुने बताइन् । “पानी नखाने, के गर्ने, म गर्दिनँ ।”
आगामी चुनावका लागि राजनीतिक दलहरुसँग छलफल भइरहेको र जिम्मेवार ठाउँका महिलाले गरेका कामका मूलयांक्न भएको उनको भनाइ छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका जिम्मेवार तहमा रहेकाहरु यसबारे सोच्नुपर्ने उनले बताइन् । महिलाले पनि आँट गर्नुपर्ने र क्षमता, दक्षताको आधारमा प्रतिनिधित्व मात्रै नभई सक्रिय सहभागीता हुनुपर्ने शुभकामना उनले तीजको अवसरमा दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group