काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू शितल निवास पुगेका छन्।प्रधानमन्त्रीसमेत रहेका देउवा, कांग्रेस उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन्।
उनीहरू सोमबार दिउँसो शितल निवास पुगेका छन्। ‘राष्ट्रपतिले भेट्न बोलाएपछि सभापतिसहित नेताहरू शितलनिवास पुग्नुभएको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गरेकी थिइन्।नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ।








प्रतिक्रिया दिनुहोस्