ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर एमाले चुनावमा जाने, आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन


एबीसी / संवाददाता
भाद्र ११, २०७९ शनिबार  ५ : ५६ बजे

काठमाडौ, ११ भदौ ।   नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ललितपुरमा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको हो ।

उपमहासचिव प्रदिप ज्ञवालीले राखेको प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेसँगै आउँदो चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चिनाएर प्रचार प्रसार गर्ने भएको हो । बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । बैठकमा अध्यक्ष ओलीले चुनावका लागि आफूखुसी उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले पार्टीले टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिनुभएको केन्द्रीय सदस्य आशाकुमारी विकले जानकारी दिनुभयो ।

पालिका चुनावमा पार्टीभित्रकै घातले केही पालिकामा हारेको भन्दै ओलीले आउँदो चुनावमा टिकट नपाउनेले चित्त नदुखाइकन टिकट पाएका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । यस्तै, नेकपा एमालेले आउँदो चुनावमा उम्मेदवार छनोटका ५ वटा मापदण्ड बनाउँदै भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पनि निर्देशन दिएको छ । बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन गरेको हो ।

उम्मेदवार छनोट गर्दा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गरी ५ वटा मापदण्डलाई ख्याल गर्न केन्द्रीय कमिटी बैठकले निर्देशन दिएको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सम्बन्धित

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com