ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिका कदमबारे सरकार गम्भीर छ : सञ्चारमन्त्री कार्की


एबीसी / संवाददाता
भाद्र ९, २०७९ बिहीबार  १० : ३५ बजे

काठमाडौँ, ९ भदौ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लामो संघर्षपछि प्राप्त भएको वर्तमान संघीय गणतान्त्रिक राज्य व्यवस्थाको संरक्षण गर्नु सबैको दायित्व हुने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र विभिन्न कदमतर्फ लक्षित गर्दै मन्त्री कार्कीले केही दिनयता विकसित राजनीतिक घटनाक्रमबारे सरकार गम्भीर रहेको बताए ।बिहीबार साँझ बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नेक्रममा मन्त्री कार्कीले राष्ट्रपति भण्डारीका कदमबारे सत्ता गठबन्धनमा समेत गम्भीर छलफल भएको बताए ।‘अहिले विकसित घटनाहरुबारे गम्भीर रूपले सत्ता गठबन्धनमा छलफल भएको छ ।

हामीले लामो संघर्षपछि प्राप्त गरेको जुन संघीय गणतान्त्रिक व्यवस्था छ, यसलाई संरक्षण गर्नुपर्ने हामी सबैको दायित्व हो,’ उनले भने, ‘यसमा सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नु जरुरी छ ।’सरकारले संसद्‍मा प्रस्तुत गरेको नागरिकता विधेयक दुवै सदनले पारित गरेर पठाएपनि राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । सरकारले राष्ट्रपतिबाट फिर्ता भएको सो विधेयकलाई प्रतिनिधिसभाबाट पुनः जस्ताको त्यस्तै पारित गरेर राष्ट्रिय सभामा पठाएको छ ।

संविधानको व्यवस्थाअनुसार अब दुवै सदनबाट पास भएर गए सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प छैन । विधेयकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विरोधमा छ । एमालेले संशोधन गरेर मात्रै विधेयकलाई पास गर्न सकिने भनेको छ ।

जबकि एमाले अध्यक्ष केपी शर्मा ओलीले गतवर्ष जेठमा यही व्यवस्था राखेर अध्यादेशमार्फत् ऐन संशोधन गरेको थियो । सत्ता गठबन्धनले भने एमालेको प्रभावमा परेर राष्ट्रपतिले राजनीतिक स्वार्थपूर्ति हुने गरी कदम चालिरहेको भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

सरकार आफनै ढंगले ढल्दैछ ः एमाले सांसद, साजिदा

सम्बन्धित

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com